News Portal

  • वर्षाले भक्तपुरमा नौ करोडका इँटा नष्ट,व्यवसायीहरुद्वारा कर छुट गर्न माग

    भक्तपुरपोष्ट संवाददाता५ माघ २०७६
    १४३२ पटक
    ५ माघ २०७६

    भक्तपुर । दुईदिन लगातार परेको पानीले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन्।  उता, भक्तपुरका इँटा व्यवसायीहरुले भने पानीले नष्ट इँटा को क्षतिपूर्ति स्वरुप नगरपालिकाले वार्षिक रुपमा लिँदै आएको कर छुट गर्न माग गरेका छन् । बिहीबार रातीदेखि शुक्रबार मध्यरातीसम्म परेको हिउँदे वर्षाका कारण इँटा उद्योगमा करोडौँ रुपैयाँको क्षति पुगेपछि व्यवसायीहरुले आफूहरुसँग नगरपालिकाले लिइरहेको कर छुट गर्न माग गरेका हुन् ।

    ‘झरीले गर्दा हामी इँटा उद्योगीहरु निक्कै मारमा परेका छौं, इँटा पोल्न तयार भएका लाखौं इँटामा क्षति पुगेको छ, यसैले नगरपालिकाले हामीसँग लिइरहेको कर छुट गर्न माग गर्दछौं ।’ भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले भने ।

    लगातार २४ घण्टा परेको वर्षाका कारण यहाँका इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा पूर्णरुपमा नष्ट भएको  अध्यक्ष  ह्याम्वाले जानकारी दिए। ‘पोल्नलाई तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा नष्ट भए, एउटा इँटाभट्टामा कम्तीमा आठ लाख र बढीमा नौ लाखको सङ्ख्यामा काँचो इँटा नष्ट भएका छन्, अब पोल्ने इँटा नै छैन, भट्टामा आगो जोगाउनै मुस्किल पर्‍यो,’ उनले भने।

    इँटा नष्ट हुँदा व्यवसायीलाई करीब नौ करोड रुपैयाँ बराबरको नोक्सान भएको अध्यक्ष ह्याम्वाले जानकारी दिए। काँचो इँटा नहुँदा भट्टाको आगो निभाउनुपर्ने अवस्था सृजना भएकाले झन् जोखिम बढेको उनले बताए।

    ह्याम्वाका अनुसार आगो जोगाउन इँटा नभए पनि कोइला हालिरहनुपर्ने भएकाले दोहोरो खर्च बढेको छ। पुरानो इँटा मौज्दात भएकाले तत्काल इँटाको अभाव पनि नहुने र मूल्य पनि नबढ्ने उल्लेख गर्दै उनले व्यवसायीलाई समस्या परेकाले नगरपालिका र सरकारसँग कर छुट दिन माग गरे।

    उनले भक्तपुर जिल्लामा रहेका ६२ वटा इँटा भट्टाहरुबाट उत्पादन भएका कूल इँटाहरुमध्ये ८० प्रतिशत इँटामा क्षति पुगेको बताउँदै इँटामा क्षति पुग्दा व्यवसायीहरु निराश भएको पनि बताए । ‘एकातिर नगरपालिकाले कर बढाएको छ, अर्कोतिर उत्पादन भएका इँटाहरुमा पनि क्षति पुगेको छ, हामी दोहोरो मारमा पर्यौं ।’ उनले भने । उनले काँचो इँटालाई झरीले गाल्दा मजदुरले कामसमेत नपाएको जानकारी दिए ।

    वर्षाका कारण व्यवसायीलाई मात्रै नभई मजदूरलाई समेत निकै नोक्सान पुर्‍याएको छ। चाङ लगाएको इँटामा ३३ प्रतिशित नोक्सानी मजदूरले व्यहोर्नु पर्ने व्यवस्था गरिएको छ। वर्षाले हुने क्षतिमा भुइँमा भएका र सुकाएका इँटाको सम्पूर्ण नोक्सानी मजदूरले व्यहोर्नुपर्ने र चाङ लगाएका इँटाको नोक्सानी भने ६७ प्रतिशत व्यवसायी र ३३ प्रतिशत मजदूरले व्यहोर्नुपर्ने व्यवस्था छ।

    इँटाभट्टाका मजदूर भकुण्डेबेँसीका रामबहादुर विकले वर्षाले इँटा नष्ट हुँदा निकै मारमा परेको बताए। उनले साहुले जिम्मा नलिएको इँटाको नोक्सानी सबै आफैँले व्यहोर्नुपर्ने भएकाले यहाँका सबै इँटाभट्टाका मजदूर इँटा नष्ट हुँदा मारमा परेका बताए।

    प्रत्येक इँटा उद्योगले एक मौसममा औसत ४० लाखदेखि एक करोडसम्म इँटा उत्पादन गर्ने गरेका छन् । प्रतिएक काँचो इँटा तयार गर्न औसत दुई रुपैयाँ ५० पैसादेखि पाँच रुपैयाँसम्म लागत लाग्ने गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...