News Portal

  • मंगलबार नेप्से ३.३६ अंकले बढ्यो

    भक्तपुरपोष्ट संवाददाता७ माघ २०७६
    ११८५ पटक
    ७ माघ २०७६

    काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार शेयर बजार सामान्य उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो ।

    सामान्य अंकले बढेको बजारमा कूल एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४६ करोड रुपैयाँ कम हो । सोमबारको बजारमा एक अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

    बजारमा कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये हिमालयन बैंकको सबैभन्दा बढी संस्थापक सेयर खरिद बिक्री भएका छन् । बैंकको एकैदिन २४ करोड ४६ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । मंगलबार बैंकको संस्थापक सेयरको मूल्य प्रतिकित्ता २९० रुपैयाँ रहेको छ ।

    मंगलबार तीन कम्पनीका सेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी गुराँस लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.८३ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ६८२ रुपैयाँ रहेको छ । त्यस्तै, ग्लोबल आईएमई बैंक र पाँचथर पावर कम्पनीको सेयर मूल्य क्रमशः ९.७५ र ९.५२ प्रतिशतले बढेको छ ।

    मंगलबार यी दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३०४ र १३८ रुपैयाँ रहेको छ ।

    सो दिन निर्जीवन बीमा समूह ८१.१७ र जीवन बीमा समूह ६१ अंकले उकालो लागेका छन् । उता विकास बैंक समूह भने सबैभन्दा बढी १०.२७ अंकले ओरालो लागेको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...