News Portal

  • विद्यार्थीका लागि ‘साहित्य उत्सव’

     ८ माघ
    १६३७ पटक
     ८ माघ

    इटहरी । विद्यार्थीलाई भाषा, कला र साहित्यको महत्वबारे जानकार बनाउने उद्देश्यले साहित्य उत्सव आयोजना गरिएको छ । समता स्कुल पूर्वी क्लस्टरको आयोजनामा भएको उत्सवमा विद्यार्थी, साहित्यकार तथा साहित्यप्रेमीहरूको सहभागिता थियो ।

    यस अवसरमा इटहरीस्थित समता स्कुलमा चर्चित साहित्यकार भेला भएका थिए । उत्सवमा विद्यालय शिक्षा र साहित्य, कविता वाचन, अन्तरसंवाद अनि कविता प्रतियोगिता पनि भएको थियो ।

    साहित्यकार मिश्र बैजयन्तीले विद्यालय शिक्षा र साहित्यबारे चर्चा गरिन् । पुस्तकलाई मानिसको अभिन्न अंगको रुपमा लिनुपर्ने उनले बताइन् । ‘कक्षा कोठामा नपाइने ज्ञान किताबले दिन्छ’ उनले भनिन्, ‘त्यसैले ज्ञान बटुल्नका लागि अध्ययन जरुरी छ ।’ उनले विद्यार्थीलाई कम्तीमा महिनामा एउटा पुस्तक पढ्न सुझाव थिइन् ।

    प्राडा. टंक न्यौपानेले विद्यार्थीलाई साहित्यमा उत्प्रेरणा गराउने कार्यक्रम गरेकामा खुसी व्यक्त गरे । विद्यार्थीको मनोभावना र लयबद्ध तरिकाले पढाउन सके मात्र विद्यार्थीले रुचिपूर्वक पढाइमा ध्यान दिने बताए । विद्यार्थीमा उत्सुकता किन र कसरी बढाउने भन्नेबारे मनु मन्जिल, सीमा आभास, सुदिप पाख्रिन र इरान राई सहभागी थिए ।

    साहित्यमा विद्यार्थीको अभिरुचि जगाउने उद्देश्यले पहिलोपल्ट पूर्वमा समता उत्सव आयोजना गरेको समता पूर्वी क्लस्टरका साहित्य तथा सांस्कृतिक दूत बिमल वैद्यले बताए । पूर्वमा रहेका समता स्कुलका मावि तहका १० जना विद्यार्थीबीच कविता प्रतियोगिता भएको थियो ।

    प्रतियोगितामा लहानकी कृतिका पल प्रथम, दमकका वसन्त चापागाई दोस्रो, इटहरीकी आशिका राई तेस्रो भइन् । यस्तै, विराटनगरकी दीक्षा आचार्य र इलामकी मुना आचार्यले सान्त्वना पुरस्कार प्राप्त गरे । कान्तिपुर

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...