News Portal

  • जेसिबि, स्कोर्पियो र प्रशासन शाखामा आगजनी, जिल्ला अध्यक्षको घरमा बम

    ८ माघ
    १०२६ पटक
    ८ माघ

    ८ माघ

    बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो। यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कोर्पियोमा पनि आजगनी गरिएको छ।

    गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै आएका थिए। डिलाशैनी गाउँपालिका ३ पन्सेरास्थित अध्यक्ष पालकै घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ। पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ। आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

    बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ। घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ। डिलाशैनी गाउँपालिका केन्द्रको बिषयमा लामो समयदेखिको विवाद कायमै छ। राज्य पुनर्संरचनाका क्रममा डिलाशैनी गाउँपालिका–७ मा केन्द्र तोकिएको भएपनि हाल सम्पूर्ण कामकाज वडा नं ३ वाट हुँदै आएका छन् ।

    नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत रहेको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...