News Portal

  • किसानका गुनासो सुन्न खेत-बारीमै स्थानीय तहका जनप्रतिनिधि

     ८ माघ
    १३२५ पटक
     ८ माघ

    दमक । कमल गाउँपालिकाका जनप्रतिनिधिले किसानका खेतबारीमा नै पुगेर कृषि क्षेत्रको अवस्थाका बारेमा जानकारी लिएका छन्। किसानको आवश्यकता र अवस्था बारे जानकारी लिन तथा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्नु पर्ने कृषि क्षेत्रका कार्यक्रमबारे सुझाव लिन जनप्रतिनिधि किसानका खेत र गोठमानै पुगेका हुन्।

    गाउँपालिकाले हालसम्म कृषि क्षेत्रसँग सम्बन्धित बनाएका नीति तथा कार्यक्रमको प्रभावकारिताबारे जानकारी लिन र किसानसँग प्रत्यक्ष अन्तरक्रियाका लागि खेतबारीमै पुगेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन्। किसानको अवस्था र आवश्यकताका आधारमा आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकता दिइने समेत उनको भनाइ छ।

    आगामी बजेट तथा नीति कार्यक्रममा किसानले कस्ता कार्यक्रमको अपेक्षा गरेका छन् र अवस्था के छ भन्ने थाह पाउन वास्तविक किसान समक्ष पुगिएको उनको भनाई छ। गाउँपालिकाले वितरण गरेको अनुदानको उपलव्धि, अनुदान नपाएका किसानको अवस्था तथा उनीहरूको आवश्यकता बुझ्न किसानकै खेतीबारीमा पुगेको गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए।

    कोठामा बसेर योजना बनाउनु तथा बजेट विनियोजन गर्नु भन्दा पनि बारीकै अवलोकन, अवस्थाको विश्लेषण, किसानसँग भलाकुसारी गर्ने उद्देश्यले गाउँपालिकाले किसानसँगको भेटघाटलाई प्राथमिकता दिएको उनले बताए। जनप्रतिनिधि तथा प्राविधिकको टोलीले वडा ६ तथा ७ का किसानको बारीमा पुगेर कृषि क्षेत्रबारे जानकारी लिएको गाउँपालिका कृषि शाखाका प्राविधिक प्रेमप्रसाद पोखरेलले बताए।

    यसअघि समेत जनप्रतिधिहरुले विभिन्न वडाका किसानसँग प्रत्यक्ष भेटघाट र कुराकानीका लागि गोठ तथा बारीमा नै पुग्ने गरेको उनले जानकारी लिए।

    खेतमै सिंहदरवार
    स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि आफ्ना बारीमा आउँदा किसान समेत आशावादी बनेका छन्। कमल ६ का राजेन्द्र बरालले स्थानीय सरकारका प्रमुख, उपप्रमुख खेती र गोठमै आएका किसानको अवस्थाबारे जानकारी लिँदा सिंहदरवार नै आए जस्तो लागेको बताए। किसानको वास्तविक अवस्था र समस्या बुझेपछि जनप्रतिनिधिले सो विषय

    आगामी बजेट, नीति तथा कार्यक्रममा समावेश गरे मात्र किसानसँगको भेटको अर्थ हुने उनको भनाई छ।
    आफ्ना बारीमा आएका जनप्रतिनिधि तथा प्राविधिकलाई उनले कृषि उपजको बजारीकरण मुख्य समस्या रहेको बताएका थिए। यस्तै, अर्का किसान ख्यामप्रसाद आचार्यले आफूहरू जैविक तथा अर्गानिक कृषि प्रणाली अपनाउन तयार भए पनि त्यस विधिमार्फत उत्पादन कम हुने भएकाले उपजको उचित मूल्य निर्धारण हुनुपर्ने भन्दै ध्यानाकर्षण गराए।

    किसानका गुनासा सुनेपछि गाउँपालिकाका अध्यक्ष काफ्लेले कृषि क्षेत्रलाई गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको र रसाययिक विषादी तथा मलको प्रयोगलाई न्यूनीकरण गर्न जैविक तथा प्रांगारिक मल-विषादीको उपयोगलाई प्राथमिकता दिएको बताइन्।

    यस्तै, गाउँपालिका उपाध्यक्ष शिवाकोटीले बजारीकरणका लागि समेत गाउँपालिकाले ध्यान दिने र उचित संयन्त्र बनाएर किसानले उचित मूल्य पाउने वातावरण बनाउन प्रतिबद्ध रहेको बताएका थिए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...