News Portal

  • राजधानीका कलेजमा यस्तासम्म हुन्छन धन्दा

    छात्रामाथि कुकृत्यमा मस्त पेन्टागनका शिक्षक, कलेज प्रशासन मौन

    इभक्तपुर संवाददाता
    १६०२ पटक

    काठमाडौं । भनिन्छ शिक्षा एउटा पवित्र मन्दिर हो । जहाँ पवित्र कामसँगै मानव जीवन र समाजकोे विकास र समृद्धिको अभ्यास पनि हुन्छ । त्यसैले शिक्षकलाई समाजको गुरु मात्र हैन सम्वाहक पनि भनिन्छ । तर, त्यही शिक्षक नै शिक्षक नभएर भक्षक भयो भने सिङ्गै शैक्षिक संस्था मात्र हैन समाज नै बिगारिदिन्छ ।

    शिक्षक नै भक्षक

    राजधानीको तीनकुनेमा रहेको पेन्टागन इन्टरनेशलन कलेजमा काम गर्ने शिक्षकले आफ्नै विद्यार्थी माथि अनैतिक व्यवहार गरेको तथ्य फेला परेको छ । हामीलाई प्राप्त प्रमाण अनुसार उक्त कलेजमा स्नातक तह (ब्याचलर) का कोअर्डिनेटर उदय बुढाथोकीले बिभिन्न प्रलोभनमा पारी विद्यार्थीलाई माया जालमा फसाउने र भावनात्मक ब्लाकमेलिङ गर्ने गरेको भेटिएको छ । विद्यार्थीलाई प्राक्टिकल नम्बर धेरै दिने शर्तमा ललाई फकाई शारीरिक सम्पर्क गर्न आग्रह गरेको प्रमाण हामीसँग सुरक्षित छ । यौन दुराशयको दृष्टिले सामाजिक संजाल मार्फत विभिन्न स्थानमा भेट्न बोलाउने गरेको र नमाने प्राक्टिकल नम्बर नदिने भन्ने खालको शब्द लेखेर ब्लाकमेलिङ गर्ने गरेका छन् ।

    बुढाथोकी यस्तो खालको गतिविधिमा पहिलेदेखि संलग्न रहे पनि कलेज प्रशासनले भने कुनै प्रमाण फेला नपारेको भन्दै उन्मुक्ति दिँदै आएको थियो । त्यसपछि झनै उत्साहित भएका कोअर्डिनेटर बुढाथोकीले पछिल्ला दिनमा हदैसम्मको हर्कत गर्न थालेका छन् । गत साउनदेखि कलेजको व्यवस्थापन टिम परिवर्तन भएपछि बुढाथोकीले स्नातक तहको कार्यकारी पदको जिम्मेवारी पाएका थिए । नयाँ व्यवस्थापनको फाइदा उठाउँदै निज बुढाथोकीले आफ्नै कलेजमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत एक जना छात्रालाई अश्लिल शब्द प्रयोग गरी सामाजिक संजालमा कुराकानी गर्ने गरेको भेटिएको छ । उनको यो क्रम लामो समयसम्म भएको देखिएको छ ।

    अभिभावक आक्राेशित

    कोअर्डिनेटर बुढाथोकीको व्यवहारले आजित भएकी पीडित छात्राले केही आफन्तलाई यो कुरा भनेकी थिइन । उनका आफन्तहरु कलेज प्रशासनसम्म निजलाई कार्वाही गराई पाउँ भनी पुगेका पनि थिए । तर, कलेज प्रशासनले पवित्र शैक्षिक संस्थालाई व्यापारिक थलोको रुपमा मात्र हेरेको भएर उक्त मुद्दालाई भित्रभित्रै छिपाएको आफन्तको आरोप छ ।

    “हाम्रो छोरी चेलीमाथि बक्रदृष्टि लगाउनेलाई हटाउन कलेज प्रशानलाई भन्यौ, हुन्छ भन्ने आश्वासन पाएका थियौ तर अहिलेसम्म कुनै कार्वाही भएको छैन ।” छात्राका एक आफन्तले बताए ।

    कलेज व्यवस्थापनले शिक्षा जस्तो पवित्र संस्थालाई ब्यापारिक केन्द्रको रुपमा मात्र हेरेका कारण आफूहरु मिडियामा आउन बाध्य भएको स्रोतको गुनासो छ । कलेजमा यस्तो दुव्र्यवहार भएको थाहा भएपछि व्यवस्थापन पक्षले भित्र भित्रै यो विषयलाई लुकाई विषयान्तर गर्न खोजेको छ । जसमा प्रशासन र व्यवस्थापन पक्ष दुवैले व्यापारिक स्वार्थको लागि मात्र कलेज चलाउन खोजेको पुष्टि हुन्छ ।

    कलेज प्रशासन भने माैन

    उक्त घट्नाबारे प्रशासनको प्रतिक्रिया लिन खोज्दा कलेजका प्रिन्सिपल गोविन्द घिमिरेले कलेजको बारेमा चासो नलिन चुनौती दिने गरेका छन् । प्रमाण भए पेश गर्न चुनौती दिएका प्रिन्सिपल घिमिरेलाई हामीले पहिलो शृङखलामा निज कोअर्डिनेटर बुढाथोकी र पीडित छात्राको कुराकानीको केही अंश मात्र पेश गरेको छौ ।

    त्यसो त कोअर्डिनेटर बुढाथोकीको यो हर्कत कलेज प्रशासनसम्म मात्र सीमित छैन विद्यार्थीहरुका बीचमा पनि आजभोलि निकै कानेखुसी र छलफलको विषय बन्ने गरेको छ । तर, कलेज प्रशासनको निकम्मा देखेर विद्यार्थीहरु आफ्नो भविष्यबारे सोच्न थालेका छन् ।

    स्मरणयीय रहोस पेन्टागन कलेज पेन्टागन एजुकेशन नेटवर्क अन्तर्गत संचालन भएको छ । उक्त नेटवर्क भित्र पेन्टानगन प्लस टु, स्कूल, कान्तिपुर हेल्थ एण्ड साइन्स, भ्याली कलेज, आदि सञ्चालित छन् ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...

    सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको...

    भेटिएन विमानमा बम

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ...

    बेश्याबृत्ति गराएको अभियोगमा महिला गिरफ्तार

    जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा...

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...