News Portal

  • भक्तपुर एसएस कलेजका सञ्चालक गिरीको निधन, हत्याको आशंका

    भक्तपुरपोष्ट संवाददाता२२ माघ २०७६
    १६५३ पटक
    २२ माघ २०७६

    भक्तपुर । नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकार ५१ वर्षीय हरिदेव गिरीको निधन भएको छ । गएराती काठमाडौं ३१ बानेश्वर आलोकनगरस्थित डि चिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अवस्थामा भेटिएका गिरीको हत्या भएको आफन्तले बताएका छन् ।

    भक्तपुरको एसएस कलेजका सञ्चालक, रेम्बो ईङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका गिरीको शरीरका विभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट रहेको, टाउँकोमा धारिलो हतियार प्रयोग गरेर गहिरो चोट लागेर रगत बगेको, देब्रे खुट्टा भाचिएको अबस्थामा भेटिएको गिरीका आफन्त एवं नेपाल दशनामी युवा संघका भक्तपुर अध्यक्ष गोकुल वनले बताए । मृतक गिरीको हत्या भएको उनले दाबी गरे ।

    मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरि छोराको हत्या भएको भन्दै निष्पक्ष छानबिन गरि दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । उनले आजै महानगरीय प्रहरी बृत्त वानेश्वरमा ज्यान मुद्धा सम्बन्धी जाहेरी दिई घटनाको निष्पक्ष छानबिन गरि हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

    आफन्तले रेष्टुरेष्ट संचालक एवं अन्य व्यक्तिको घट्नामा संलग्नता रहेको दाबी गर्दै रेष्टुरेष्ट संचालकले सिसि क्यामरा फुटेज समेत मेटाएको पाईएको दाबी गरेका छन् ।

    आफन्तले रेष्टुरेष्ट सञ्चालकले घट्नाको प्रमाण मेटाउने प्रयास गरेको र प्रहरीले समेत किटानी जाहेरी लिन इन्कार गरेको गुनासो गरेका छन् । प्रहरीले किटानी जाहेरी लिन नमानेपछि पीडित पक्षले सामुहिक जाहेरी दिएका छन् । प्रहरी बृत्त वानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घटनाको अनुसन्धान सुरु गरेको र पोष्ट मार्टम रिपोर्ट आएपछि मात्रै यकिन रुपमा घटनाबारे भन्न सकिने बताए ।

    मृतक गिरीको आजै शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गरि पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । आर्यघाट पुगेका  सूचना तथा सञ्चार प्रविधि एवं शहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले घट्नाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न नेपाल दशनामी समाज र नेपाल दशनामी पत्रकार समाजले माग गरेको पत्रकार समाजका अध्यक्ष रमेश गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ...

    शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ...

    माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र...

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...