News Portal

  • नगरपालिकाले खेलाडीका लागि सक्नेजति सबै सहयोग गर्ने प्रमुख प्रजापतिको प्रतिवद्धता

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७माघ २०७६
    ९२९ पटक
    भक्तपुर, २७माघ २०७६

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलाडीहरुका लागि सक्नेजति सबै सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । आफ्नो ठाउँ र देशकै प्रतिष्ठा बढाउने खेलाडीको बृत्ती विकाशमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने उनले बताएका हुन्  ।

    भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८ देखि १२ गतेसम्म हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता मूल समितिको बैठकमा उनले उक्त प्रतिवद्धता प्रकट गरे ।” हाम्रा खेलाडीका लागि नसक्ने काम गर्छु नभनौ तर सक्ने काम गर्न कुनै कन्जुस्याई हामी गर्दैनौ ।” उनले भने ।

    मूल समारोह समितिका संयोजक समेत रहेका नगर प्रमुख प्रजापतिले प्रतियोगिता भक्तपुरको सक्षमता प्रदर्शन गर्ने मात्रै नभई नगरभित्र रहेका उत्कृष्ट खेलाडी उत्पादन गर्ने राम्रो अवसर समेत हुने बिस्वास व्यक्त गरे  ।

    खेलबाट व्यक्तिगत स्वास्थ्य मात्र नभई अनुशासन र सामाजिक सुव्यवस्था कायम गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ  । ”किसोर र युवाहरुलाई कुलतमा फस्न र अपराध गर्नबाट खेलले रोक्न सक्छ ।” उनले भनेर  ।

    खेलाकुदलालाई नगरपालिकाकाले महत्वका साथ् अघि बढाइरहेको र प्रत्येक वादमा ब्यायाम्स्थल समेत राखिएको भन्दै उनले अब नगरपालिकाले घर बहालमा बस्नेको समेत रेकर्ड राख्ने खुलासा गरे  । ” घर बहालमा बस्नेहरुको रेकर्ड नहुँदा अपराध नियाँत्रन्म समस्या भएको छ  । हामी छिट्टै सबैको रेकर्ड राख्छौ यसले सेवा प्रवाहमा समेत चुस्तता ल्याउछ  । ” नगर प्रमुख प्रजापतिले बताए  ।

    उक्त अवसरमा बोल्दै प्रमुख प्रजापतिले कोरोनो भाइरसको कारण भक्तपुरको पर्यटनमा असर पुगेको बताउदै नगरपालिकाले आन्तरीक श्रोत मजबुद पार्नुपर्ने आवस्यकता औल्याएका थिए  । आफ्नो कार्यकालमा आफूहरुले जनतासामू गरेका ५० प्रतिसत प्रतिवद्धता पूरा गरेको जिकिर गर्दै उनले चुनावी प्रतिवद्धता अक्षरश पूरा गरिने समेत प्रतिवद्धता प्रकट गरेका थिए  ।

    कार्यक्रममा उपप्रमुख रजनी जोशीले विभिन्न खेल प्रशिक्षण र महिलाहरूको सुरक्षाको निम्ति आत्मरक्षाको तालिम सञ्चालन गरिरहेको जानकारी गराउदै राष्ट्रियता र सार्भौमिकताको लागि लड्न सक्ने युवा पुस्ता उत्पादनमा नगरपालिकाले प्रभावकारी कार्य गरेको जिकिर गरिन  । उक्त अवसरमा वडा नबर १ क वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां,वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, एथ्लेटिक्स खेलाडी कान्छीमैया कोजु लगायतले प्रतियोगिताले खेलाडीहरूमा उत्साह थपेको र यसले समग्रमा देशाब्यापीरुपमै राम्रा खेलाडी उत्पादन हुनसक्ने विश्वास व्यक्त गरेका थिए  ।

    भक्तपुर नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर पोस्ट संग भने अनुसार फागुन ८ देखि १२ गतेसम्म हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता सहिद दिवसको अवसरमा प्रत्येक वर्ष आयोजना गरिने खेलकुद प्रतियोगिताकै निरन्तरता हो  । प्रतियोगिता भव्य र सभ्य बनाउन समिति र उपसमिति क्रियाशीलता भैसकेको उनको भनाइ छ ।

    सबै नगरपालिकालाई सहभागिताको लागि पत्राचार भैसकेको खत्रीले जानकारी गराए । प्रतियोगितामा फिल्ड इन्ट्स अन्तर्गत सटपुट,लङ्ग जम्प, ज्याभलिङ थ्रो, डिसक्रस थ्रो, हाइजम्प, ट्रिपल जम्प हुने जनाइएको छ  । त्यसैगरी ट्रयाक इभेन्टस् अन्तर्गत १ सय देखि ४२ सय मिटर रिले खेलहरूमा प्रतिस्पर्धा हुने बताइएको छ भने बिजयी खेलाडी र समूहलाई नगद, मेडल , शिल्ड र प्रमाण पत्रद्वारा पुरस्कृत गरिने बताइएको छ  ।

     

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...