News Portal

  • इन्द्रेणीका कँडेललाई १ लाख राशीसहित कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ फागुन
    ३७६० पटक
    भक्तपुर, ४ फागुन

    कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार २०७६ दसकाैँदेखि नेपाली लाेकसाहित्य तथा संस्कृति जगेर्नाका लागि इन्द्रेणी कार्यक्रम मार्फत निरन्तर लागि परेका कृष्ण कँडेललाई प्रदान गरिने भएको छ ।

    कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने उक्त पुरस्कार देश तथा विदेशमा बसी नेपाली लाोकसाहित्यमा उल्लेख्य योगदान पुर्याउने संस्था तथा व्यक्तिलाई प्रदान गर्ने गरिएको छ ।

    रू एक लाख एक हजार राशीसहित ताम्रपत्रद्वारा हरेक वर्ष पुरस्कृत गरिने यस पुरस्कार गत वर्ष शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।

    यस वर्षको पुरस्कार प्रतिष्ठानकै कार्यालय भवन फलेवास पर्वतबाट यही मिति २०७६ फागुन ६ गते वितरण गरिने कुरा अध्यक्ष प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाले बताए ।

    नेपाली लाोकसाहित्यका अनुसन्धानदाता कालीभक्त पन्तका नाममा स्थापित उक्त पुरस्कारका योजनाकार अमेरिका बोस्टन निवासी महेश्वर पन्त हुन् भने उनी लगायत गोविन्द पन्त तथा ऊर्मिला पन्त; पर्मेश्वर पन्त; अन्जु पन्त रावल एवं परिवार यस पुरस्कारका संस्थापक रहेका छन् ।

    प्रतिष्ठानले पुरस्कार वितरणका दिन उपस्थिती जनाई नेपाली लोकसाहित्यमा जीवनपर्यन्त लागि परेका लोकसाहित्यका अनुसन्धानदाता कालीभक्त पन्तप्रति सम्मान तथा श्रद्धाका लागि पनि आह्वान गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...