News Portal

  • कोरोना भाइरसबाट चीनमा ज्यान गुमाएकाको सम्झनामा भक्तपुरमा श्रद्धान्जली सभा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ फागुन
    २५८० पटक
    भक्तपुर, ९ फागुन

    चीनमा कोरोना भाइरस (कोभेड १९) बाट ज्यान गुमाएकाको सम्झनामा भक्तपुरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । शुक्रवार दरवार स्क्वायरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको हो ।

    ३१औं अन्तर्राष्ट्रिय पर्यटक पथप्रदर्शक दिवसको अवसर पारेर भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति र भक्तपुर स्थानीय पथप्रदर्शक समितिको संयुक्त आयोजनामा मृतकको सम्झनामा मैनबत्ती प्रज्वलन समेत गरिएको थियो । उक्त अवसरमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लडिरहेको चीन र चिनिया जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै महामारी चाडै नियन्त्रणमा आओस भन्ने कामना गरिएको थियो ।

    कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव समेत रहेका संघीय सांसद प्रेम सुवालले चीन आपतमा परेको बेला चीनको प्रगति देख्न नचाहने शक्तिहरूले चीनबारे भ्रमपूर्ण प्रचार गरिरहेको बताए । चीन नेपालको असल छिमेकी मात्र नभई मित्र शक्ति भएको जिकिर गर्दै सांसद सुवालले यस्तो समयाम नेपाल र नेपाली जनताको सद्भाव र ऐक्यबद्धताले चीन र चिनिया जनतालाई रोगसँग लड्न आत्मबल प्राप्त हुने विस्वास व्यक्त गरे ।

    उक्त अवसरमा नेमकिपा केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड–१९ भाइरसको संक्रमणबारे अमेरिकाले नचाहिदो हल्ला फैलाइरहेको आशंका गरे । चीनलाई एक्लो पार्न कोरोना भाइरसलाइ बहाना बनाएर चाहिने भन्दा बढी डर फ़ैलाइदिएको उनको आशंका छ ।

    “रोग लाई पूर्वाग्रह, शत्रुता र राजनीतिक द्वैष फैलाउने आधार बनाउनु नहुनेमा जोड दिंदै प्रमुख प्रजापतिले नेपाली जनताको सहयोग र सहानुभुतीले पनि चीनको दुखमा मलहम लगाउन सकिने बताए ।

    कार्यक्रममा कर्मचारी नेता गौतम लासिवा, भक्तपुर पर्यटन बिकाश समितिका अध्यक्ष रामसुन्दर भेले त्यसैगरी डा.बालकृष्ण चागुभारी र दिपेशराज उपाध्याय लगायतले चिनिया पर्यटकले भक्तपुरको पर्यटन क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै यतिबेला चीनको दुखमा भक्तपुरको आशु बगिरहेको बताएका थिए ।

    चीनको दुखमा एक्यवद्धता जनाउन जनप्रतिनिधि, पर्यटन व्यवसायी, कर्मचारी र पत्रकार लगायतका प्रतिनिधिहरु दरवार स्क्वायर पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...