News Portal

  • ‘स्‍नातकपछि छोराछोरी पढाउन खर्च गर्दिनँ’

    भक्तपुरपोष्ट संवाददाता१४ फागुन २०७६
    ८१९ पटक
    १४ फागुन २०७६

    रोल्पा। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)ले आफ्ना एक छोरा र एक छोरीलाई स्नातक तहपछि खर्च दिएर नपढाउने घोषणा गरेका छन् । मन्त्री पुनले स्नातकपछि आफ्ना छोराछोरीलाई काममा लाग्न र कामबाट आएको आम्दानीले पढ्न भनिसकेको बताए ।

    ‘मेरा एक छोरा र छोरीलाई बीएसम्म पढाउँछु’, रोल्पाको गंगादेव गाउँपालिका राँकस्थित जनज्योति माविको भवन हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा मन्त्री पुनले मंगलबार भने, ‘म सक्ने भए पनि छोराछोरीलाई पढ्नका लागि खर्च दिन्नँ । म आर्थिक दायित्व लिन सक्दिनँ आफैं कमाएर पढ्नू भनिसकेको छु ।’

    मन्त्री पुनले स्नातक तह अध्ययन गरेका विद्यार्थीले आफैं काम गरेर पढ्न सक्ने भए पनि नेपालमा त्यसो हुन नसक्नु बिडम्बना भएको बताए । उनले आफूले जस्तै छोराछोरीलाई आफैं कमाएर पढ्नका लागि प्रशिक्षित गर्न अभिभावकहरूलाई आग्रह गरे ।

    विदेशतिर १८ वर्ष उमेर कटेका छोराछोरी बाबुआमासँग नबस्ने गरेको भन्दै मन्त्री पुनले नेपालमा भने काम गर्ने उमेरका युवा आमाबाबुको कमाइमा बाँच्ने गरेको चर्चा गरे । ‘१८ वर्ष पुगेको हरेक मानिस दक्ष जनशक्ति हो’, उनले भने, ‘१८ वर्षपछिकाले बाबुआमाको कमाइ खाने होइन, आफैं कमाएर खानुपर्छ ।’

    आफू एक कक्षामा भर्ना हुँदा गाउँबाट डेढ घण्टा खाली खुट्टा पैदल हिंडेर स्कुल जाने गरेको स्मरण गर्दै मन्त्री पुनले अहिले टोलटोलमा स्कुल रहेको भन्दै त्यसलाई परिवर्तन र क्रान्तिसँग तुलना गरे । गलत शिक्षा नीतिका कारण विद्यालय र क्याम्पस बेरोजगार उत्पादन गर्ने थलोका रुपमा रुपान्तरण भएकाले वर्तमान सरकारले शिक्षालाई व्यवहार, सीप, श्रम र दक्षतासँग जोडेर शिक्षा नीति विस्तार गरेको मन्त्री पुनको भनाइ थियो ।

    ‘सरकारले व्यवहारिक, वैज्ञानिक र जीवनोपयोगी शिक्षामा जोड दिएको छ’, मन्त्री पुनले भने, ‘अब स्कुल र क्याम्पसबाट बेरोजगार होइन, देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुन्छ ।’ उनले विद्यालयस्तरमै प्राविधिक धारको शिक्षामा जोड दिइएकाले विगतको जस्तो अवस्था अब नरहने उल्लेख गरे।

    अन्नपूर्णपोष्टमा खबर छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...