News Portal

  • प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

    इभक्तपुर संवाददाता १५ फागुन २०७६
    ८५८ पटक
    १५ फागुन २०७६

     

    काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक किचलो बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता डा शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गरी निर्णय गरेकोमा एकाएक ओली त्यसको विपक्षमा देखिएपछि नेकपाभित्रको विवाद सहतमा मात्रै आएको छैन कतिपयले पार्टीभित्र विभाजनको रेखा समेत देखिएको टिप्पणी गर्न थालेका छन् ।

    पार्टीभित्र गम्भीर मोड उत्पन्न भइरहेको बेला ओलीले काँग्रेस नेता कोइरालाले भेटवार्ता गरेका हुन् । बिहीबार बिहान करिब डेढ घण्टा भएको भेटवार्तामा कोइरालाले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए । जवाफमा ओलीले विपक्षी दलले राजीनामा दिन सुझाउनु स्वाभाविक भएपनि आफूविरुद्ध पार्टीभित्रैबाट षड्यन्त्र हुन थालेको गुनासो गरेका थिए । उनले आफूले ५ वर्ष नै सरकारको नेतृत्व गर्ने भन्दै आफूमाथि भएको चौतफी हमलाको सामना गर्ने बताएका थिए ।

    कोइरालाको सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार कोइरालाले गोकुल बाँस्कोटाको कमिसन प्रकणमा प्रधानमन्त्री समेत जोडिएको तथा सरकारमाथि अनेकन प्रश्न चिन्ह खडा भएको भन्दै पदबाट राजीनामा दिँदा उचित हुने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए । ओली पार्टीभित्र संकट देखिएपछि अहिले आफू निकटस्थहरु सँग पनि छलफलमा रहेको बताइएको छ ।

    यता नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय मान्नैपर्ने बताएका छन् । उनले पार्टीको निर्णय सबै नेता कार्यकर्ताले मान्नुपर्ने भन्दै पार्टी निर्णयको खिलापमा जाने छुट कसैलाई पनि नभएको बताएका हुन् ।

    उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय नेकपाको सचिवालयबाट सर्वसम्मत अनुमोदन भएको खनालको भनाइ छ । यो निर्णयमा प्रधानमन्त्रीको समर्थन रहेको तर पछि एकाएक निर्णय नमान्ने कुराले चकित बनाएको उनको भनाइ छ । निर्णय भएको केही घण्टापछि ओलीले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य नबनाउने र युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएको समाचार बाहिर आएका छन् ।

    यसबारे खनालले एक अन्तर्वार्तामा भनेका छन्–पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उनीसँग विकल्प छैन । कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्‍यो । नेकपाको अध्यक्ष हुने, अनि पार्टीको निर्णय नमान्ने हुन्छ त ? निर्णयबाट असन्तुष्ट प्रधानमन्त्री ओलीले बुधबार निर्णयको केहीबेरमै वरिष्ठ नेता माधव नेपाललाई बोलाएर सचिवालयको निर्णय कार्यान्वयन नगर्ने सन्देश दिएका थिए ।

    नेकपाभित्र सुरु भएको गम्भीर विवादलाई लिएर नेता कार्यकर्ताले नै निराशाजनक प्रतिक्रिया दिन थालेका छन् । पार्टी एकतापछि एकखालको उत्साह पलाएको बेला यो विवादले पार्टीलाई हित नगर्ने उनीहरुको मत छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...