News Portal

  • नेपाल भ्रमण वर्ष २०२० स्थगित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ फागुन
    ७६८ पटक
    भक्तपुर, १८ फागुन

    नोभल कोरोना भाइरस(कोभेड १९ ) को महामारीले छिमेकी राष्ट्र चीन लाई आक्रान्त पारेपछि नेपाल भ्रमण वर्ष पनि प्रभावित बनेको छ । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोभेड १९ को उच्च जोखिममा राखेपछि नेपाल सरकारले भ्रमण वर्ष सार्ने निर्णय नै गरेको हो ।

    आइतबार साँझ प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । यस अघि दिउसो सरकारले भेला, सेमिनार र महोत्सव नगर्न र सामुहिक ठूला भोजहरू समेत नगर्न आह्वान गरेको थियो । सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस्तो आह्वान गरेका थिए ।

    भक्तपुर पोस्ट श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नै मन्त्रिपरिषद् बैठकमा भ्रमण वर्ष सार्ने प्रस्ताव गरेका थिए जुन सर्वसम्मतले पारित भएको बताइएको छ ।

    २० लाख पर्यटक भित्राउने लक्ष सहित घोषणा गरिएको नेपाल भ्रमण वर्ष सन् २०२० सफल हुने संकेत नदेखिए पछि सन् २०२२ लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरिएको श्रोतको दावी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रमण वर्ष सरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्न प्रस्ताव गरेका हुन् ।यद्यपी निर्णय सार्वजनिक भने भएको छैन ।

    नेपाल चीनको छिमेकमा भएकोले पर्यटकले नेपाल भ्रमणमा आउँन जोखिम महसुस गर्दै आएका छन् । नेपाललेे एकातर्फ़ ठूलो संख्यामा रहेका चिनीया पर्यटक गुमाएको छ भने अर्कोतर्फ अरु राष्ट्रका पर्यटक पनि कोभेड १९ को जोखिमकै कारण आकर्षित हुन नसक्दा नेपाल भ्रमण वर्ष प्रभावित बनेको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...