News Portal

  • स्वयंसेवक शिक्षक भर्ती गरे सार्वजनिक शिक्षा ध्वस्त हुन्छ– पूर्व शिक्षामन्त्री केसी

    भक्तपुरपोष्ट संवाददाता१९ फागुन २०७६
    १३७८ पटक
    १९ फागुन २०७६

    चितवन । पूर्वशिक्षामन्त्री एवं नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको पेशागत मर्यादा भत्काउन स्वयं सरकार नै अग्रसर रहेको आरोप लगाएका छन् । नेपाल शिक्षक संघ चितवनको ३० औं प्रतिनिधिसभाको उद्घाटन गर्दै केसीले शिक्षण पेशालाई कमजोर बनाउन र शिक्षा क्षेत्रलाई तहसनहस पार्न सरकार नै क्रियाशील रहेको दाबी गरेका हुन् ।

    संघीय शिक्षा ऐन ल्याउन ढिलाई गर्दा स्थानीय सरकारहरुले स्थानीय स्तरमै आफुखुसी ऐन नियम बनाउन थालेका भन्दै केसीले शिक्षामा समस्या माथि समस्या थप्ने काम सरकारले गरिरहेको बताए ।

    ‘भर्खरै अस्थायी शिक्षक समस्या समाधान भएको थियो फेरी स्वयंसेवक शिक्षकका नाममा अर्को अस्थायी शिक्षक समस्या सिर्जना गर्ने काम भएको छ ।’ केसीले भने, ‘स्वयंसेवक शिक्षकका नाममा शिक्षालाई तहसनहस पार्ने खेल शुरु भइसकेको छ ।’


    शिक्षक अभाव भएका स्थानमा दरबन्दी सिर्जना गरेर स्थायी समाधान गरिनुपर्नेमा जोड दिँदै उनले शिक्षकका नाममा कार्यकर्ता भर्ती गर्न नपाइने जिकिर गरे । शैक्षिक गुणस्तर नष्ट गर्दै शिक्षामा राजनीति गर्दा मुलुक वर्षौ पछाडि धकेलिने उनको भनाइ थियो ।

    विद्यालय कर्मचारी, राहत, इसिडि शिक्षकको स्थायी समस्या समाधान गर्नको साटो सरकार पुनः अर्को समस्या खडा गर्न उद्दत रहेको भन्दै शिक्षक समुदायले नै यसको विरोध गर्नुपर्ने उनले बताए ।

    आफू शिक्षामन्त्री हुँदा शिक्षकहरुसँग सडकमै गएर सम्झौता गरेको स्मरण गर्दे उनले विद्यालय कर्मचारी र इसिडि शिक्षकको समस्या समाधानमा चासो दिन सरकारसँग आग्रह गरे ।


    कार्यक्रममा चितवन कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटाले देश बनाउने शिक्षक नै भएकाले शिक्षकहरुको मर्यादित पेशालाई सरकारले धुमिल्याउन नहुने तर्क गरे ।

    अर्को प्रसंगमा आफ्ना सनतान निजी विद्यालयमा पढाएर शिक्षकहरु सामुदायिक विद्यालयमा विद्यार्थी घटे भनेर रोइलो गर्नुको कुनै अर्थ नभएको भन्दै कक्षाकोठामा राम्रो शिक्षण गरेर विद्यार्थी आकर्षित गर्न आग्रह गरे ।

    नेपाल शिक्षक संघका पूर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञवालीले शिक्षक खुसी हुँदा बल्ल देश हास्ने बताए । विद्यालय छुट्टी भएपनि बालबालिका घरजान मन नगर्ने बालमैत्री वातावरण बनाउन शिक्षकहरुसँग आग्रह गर्दै ज्ञवालीले अधिकारसँगै आफ्नो पेशागत मर्यादालाई भुल्न नहुने बताए । शिक्षकका कार्यक्रममा खाली अधिकार र मागका बारेमा मात्रै बहस हुने गरेको प्रति दुख व्यक्त गर्दै उनले अब शिक्षा कस्तो बनाउने ? कसरी सुधार गर्ने ? भन्ने विषयमा पनि बहस गर्न आग्रह गरे ।

    नेपाल शिक्षक संघ बाग्मती प्रदेशका अध्यक्ष नारायण तिमल्सिनाले सरकारले भर्ती गर्न खोजेको स्वयंसेवक शिक्षकले शिक्षामा झनै विभेद ल्याउने र गुणस्तर खस्कने भन्दै चिन्ता व्यक्त गरे । संघले यस प्रक्रियाको विरोध गर्दै लिखितरुपमै मन्त्रालयमा पठाइसकेको जानकारी दिँदै उनले अपुग शिक्षकको दरबन्दी नै सिर्जना हुनुपर्ने बताए । शिक्षकमाथि सरकारले जति प्रयोग र प्रहार गर्छ त्यति नै मुलुक पछि पर्ने भन्दै मुलुक समृद्धिको आधार शिक्षक भएकोमा तिमल्सिनाले जोड दिए ।

    संघका बाग्मती प्रदेश उपाध्यक्ष नेत्रप्रसाद घिमिरेले शिक्षकले आफूभित्रको प्रतिभा र शक्ति पहिचान गर्दै कक्षाकोठामा त्यसको प्रस्फुटन गर्न आवश्यक रहेको बताए । अबको शिक्षक आन्दोलन कक्षाकोठामा राम्रो शिक्षण गरेर हुनुपर्ने र त्यसको शुरुवात चितवन शिक्षक संघबाट हुनुपर्ने उनको भनाइ थियो ।

    शिक्षक संघ चितवनका अध्यक्ष डा. हरि कँडेलले समयसँगै शिक्षक आन्दोलन र शिक्षाका कोर्षहरु बदलिँदै जाने बताए । अब नेतृत्वका लागि विद्यालय सुधार मापदण्ड बन्नुपर्ने भन्दै कँडेलले शिक्षकको पहिलो कर्तव्य भनेकै कक्षाकोठामा असल शिक्षण गर्नु भएको बताए । चितवन संघको आगामी रणनीति सार्वजनिक विद्यालयको सुदृढीकरणमै केन्द्रित रहने स्पष्ट पार्दै सीप र प्रविधियुक्त सिकाइको अभियान सञ्चालन गर्ने तयारी भइरहेको स्पष्ट पारे ।

    कार्यक्रममा जिल्लाको सार्वजनिक शिक्षाको सुधारमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो । प्रतिनिधि सभामा स्वागत मन्तव्य संघकी महिला उपाध्यक्ष इन्दिरा मरहठ्ठा र सञ्चालन सचिव प्रेमराज पौडेलले गरेका थिए । बन्दसत्रमा सचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, अर्थ सचिवद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र महिलाउपाध्यक्षद्वारा प्रस्तुत महिला विभागको प्रतिवेदन छलफलपश्चात् सर्वसहमतिले पारित गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...