News Portal

  • प्रेस संगठन नेपाल, भक्तपुरको पहिलो बिस्तारित बैठक सम्पन्न : जनपक्षीय पत्रकारितामा जोड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० फागुन
    १७५४ पटक
    भक्तपुर, २० फागुन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले पत्रकारहरु जनप्रतिनिधिका पछि लागेको बताएका छन् । पार्टी निकट प्रेस संगठन नेपाल, भक्तपुर जिल्ला कमिटीको पहिलो विस्तारित बैठकमा अध्यक्ष देउजाले उक्त कुरा बताएका हुन् ।

    मंगलवार कौसलटारको वेभ क्याफेमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका जिल्ला अध्यक्ष देउजाले जनप्रतिनिधिको धारणा पार्टीको आधिकारिक धारणा नहुने स्पष्ट पारे । ” पत्रकार साथीहरुलाई सांसद, मन्त्री र मेयर भन्दा पार्टीका नेता साना हुन् भन्ने भ्रम छ,त्यो नहोस् । कुनै पनि विषयमा पार्टी कमिटीको धारणा नै आधिकारिक धारणा हुन्छ ।” उनले भने ।

    अध्यक्ष देउजाले जनतालाई केन्द्रमा राखेर सत्य र तथ्यमा टेकेर समाचार बनाइनुपर्ने समेत बताए । कम्युनिष्ट पार्टीप्रति आस्थावान पत्रकार जनताको बोली बोक्न सक्ने हुनुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा विशेष अतिथि रहेका जिल्ला कमिटीका सचिव डीपी ढकालले पार्टीले पत्रकारलाई विस्वासमा लिन नसक्दा पार्टीको सरकारले गरेका राम्रा कामहरु बाहिर आउँन नसकेको बिचार व्यक्त गरे । पत्रकारिता गुट, उपगुट र व्यक्ति विशेषको गोटी बन्नु नहुनेमा जोड दिंदै उनले भने,” नराम्रोमा साथ् दिनुस भनेको होइन । तर, राम्रा कामहरु पनि जनतामा पुर्याइदिनुस ।”

    त्यसैगरी अर्का विशेष अतिथि तत्कालिन प्रेस चौतारीका पूर्वअध्यक्ष एवं नवनियुक्त न्युनत्तम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवी पत्रकारका हकहितको लागि आफू लागिपर्ने प्रतिवद्धता प्रकट गरे । आफ्नो कार्यकाल संगठनले गर्व गर्न लायक हुने उनको उद्घोष छ ।

    उक्त अवसरमा प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीका संयोजक नवराज दाहालले भक्तपुरका श्रमजीवी पत्रकारका हकहितका लागि जिल्लाले गर्ने हरेक कार्यक्रममा प्रदेशको साथ् रहने स्पष्ट पारे । भक्तपुर कमिटी जाग्दै गरेकोमा सन्तोष व्यक्त गर्दै संयोजक दाहालले नेकपाको बैचारिक संगठन समेत भएकोले पार्टी र सरकारलाई राम्रो काममा हौसला र नराम्रोमा सचेत पार्ने कर्तब्य समेत निर्वाह गर्न निर्देशन दिएका थिए ।

    बैठकमा उपत्यका प्रदेश कमिटीका सहसंयोजक प्रकाश सिलवालले प्रेस संगठनको औचित्व र महत्वमाथि प्रकाश पार्दै आउँदो शनिवार हुने शपथ ग्रहण समारोहमा अनिवार्य उपस्थितिका लागि अपिल समेत गरेका थिए । उक्त अवसरमा भक्तपुर कार्यक्षेत्र भएका प्रेस संगठनका केन्द्रीय सदस्य सोम शर्मा बजगाई, उपत्यका प्रदेश कमिटीका सदस्य रमेश गिरी, भक्तपुर जिल्ला कमिटी सदस्य बाबुकाजी श्रेष्ठ लगायतले भक्तपुरमा प्रेस संगठनको विगत, वर्तमान र भविष्य बारे बोलेका थिए ।

    प्रेस संगठन नेपाल भक्तपुर जिल्ला कमिटीको संयोजक कविता थापाले अध्यक्षता गरेको बैठकको संचालन भने सह संयोजक संजीप शुभचिन्तकले गरेका थिए । नेकपा जिल्ला कमिटी सदस्य श्यामसुन्दर बस्नेत, प्रेस संगठन नेपालको केन्द्रीय सदस्य देवकी घर्ती, प्रदेश कमिटी सदस्यहरु लगायतको आतिथ्यता रहेको उक्त अवसरमा नेपाल सरकारबाट न्युनत्तम पारिश्रमिक निर्धारण समितिमा नियुक्त संगठनका पूर्व केन्द्रीय अध्यक्ष एवं वरिष्ठ पत्रकार राजेन्द्र अर्याललाई औपचारिक रुपमै बधाई ज्ञापन समेत गरिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...