News Portal

  • भक्तपुरबाट पूर्व डीएसपी पक्राउ : वृत्त प्रमुख रहँदा बलात्कार गरेको आरोप

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ फागुन
    ३२४५ पटक
    भक्तपुर, २१ फागुन

    भक्तपुरका एक पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । जवर्जस्ती करणी अभियोग लागेका पूर्व डीएसपी राजकुमार खिउजूलाई प्रहरीले पक्राउ गरेको हो ।

    एक वर्ष अघि ललितपुरको महानगरीय प्रहरी वृत्त चापागाउँको प्रमुख रहँदा खिउजूले एक युवतीलाई पटक–पटक बलात्कार गरेको अभियोग लागेको थियो । पिडित भनिएकी युवतीले महानगरीय प्रहरी परिसर, जावलाखेलमा खिउजू विरुद्ध उजुरी दिएपछि उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले खिउजूलाई पक्राउ गरिएको पुष्टि गरे ।

    पूर्वडिएसपी खिउजूले महानगरीय प्रहरी वृत्त चापागाउँको प्रमुख हुँदा ३० माघ २०७५ मा पुलिस रिपोर्ट बनाउन पुगेकी युवतीलाई सहयोग गर्ने वहानामा एक्लै बनाएर कार्यकक्षमै इज्जत लुटेको युवतीले उजुरी दिएकी छन् । त्यतिमात्र होइन, उजुरीमा भनिएको छ कि खिउजूले युवतीसँग तस्वीर समेत खिचेर ‘ब्ल्याकमेल’ गरि ६ महिनासम्म शारीरिक शोषण गरेका थिए ।

    खिउजूले भने उक्त उजुरी आफूलाई फसाउने नियतले गरिएको जिकिर गर्दै आएका छन् । उनले नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...