News Portal

  • ‘भक्तपुर महोत्सव’ स्थगित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ फागुन
    १७३८ पटक
    भक्तपुर, २२ फागुन

    भक्तपुर नगरपालिकाले घोषणा गरेको ‘भक्तपुर महोत्सव’ स्थगित भएको छ । नोभेल कोरोना भाइरस (कोभेड १९) का कारण महोत्सव स्थगित भएको हो ।

    चैत ४ देखि ८ गते सम्म ‘भक्तपुर महोत्सव’ गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाले छुट्टै सचिवालय समेत बनाइ तयारी तीब्र बनाएको थियो । गौतम लासिवाको नेतृत्वमा बनाइएको सचिवालयले महोत्सवको आधा भन्दा बढी तयारी सकाइसकेको थियो । तर,कोरोन भाइरसलाई कारण देखाउंदै नगरपालिकाले महोत्सव स्थगित गरिएको जनाएको छ ।

    भिजिट नेपाल २०२० को सन्दर्भ पारेर भक्तपुर नगरपालिकाले पर्यटन प्रवर्द्धनको महत्वाकांक्षी कार्यक्रमको रुपमा ‘भक्तपुर महोत्सव अघि सारेको थियो । संघीय सरकारले कोरोना भाइरसका कारण भ्रमण वर्ष स्थगित गरिएको घोषणा यस अघि नै गरिसकेकाले भक्तपुर महोत्सव पनि स्थगित हुने आंकलन गरिएको थियो । बिहीवार नगरपालिकाले महोत्सव स्थगनको औपचारिक सूचना सार्वजनिक गरेको छ ।

    सूचनामा भनिएको छ, ” नेपाल कोरोना भाइरसको जोखिममा रहेको र नेपाल सरकारले समेत ठूला सभा, सम्मेलन र महोत्सव नगर्न आह्वान गरेकाले भक्तपुर महोत्सव स्थगित गरिएको छ ।”

    हेर्नुस् सूचना

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...