News Portal

  • लोकन्थलीस्थित निवर्तमान मन्त्री बाँस्कोटाको घरमा बम बिस्फोट

    भक्तपुरपोष्ट संवाददाता
    १०८४ पटक

    भक्तपुर, २८ फागुन । निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा प्रेसर कुकर वम विस्फोट भएको छ । उनले तला थपिरहेको मध्यपुर थिमी -१ लोकन्थलीस्थित घरमा उक्त बम बिस्फोट भएको हो ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डीएसपी दिपक गिरीले निवर्तमान मन्त्री बाँस्कोटाको घरमा बम बिस्फोट भएको पुष्टि गरे । बिहान  करिब पौने ८ बजेको समयमा अज्ञात समूहले बम बिस्फोट गराइ फरार भएको उनले भक्तपुर पोस्ट लाई जानकारी गराए । उक्त बिस्फोट गराइएको बम प्रेसर कुकर बम भएको बताइएको छ । ” घटनास्थलमा प्रेसर कुकरका टुत्रा फेला परेका छन् । प्रेसर कुकर बम बिस्फोट गराइएको देखिन्छ ।” डीएसपी गिरीले जानकारी दिए ।

    बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुग्नुका साथै छिमेकीका घर र एउटा भ्यानमा समेत क्षति पुगेकाे बताइएकाे छ । विस्फोटबाट घरको सिसाहरु पनि फुटेका छन् ।

    खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी पुगिसकेको र बिस्फोटमा संलग्नको खोजी भैरहेको डीएसपी गिरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...