काठमाडौं ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार (भोलि)का लागि बोलाइएको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको हो ।
बिहीबार साँझ बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले भोलिका तय भएको प्रतिनिधि सभाको बैठक १३ गतेसम्मका सार्ने निर्णय गरेको हो । कोरोना संक्रमणको त्रासका कारण शुक्रबार तय भएको बैठक सारिएको हो ।
यस्तै, शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित हुने वा नहुनेबारे औपचारिक निर्णय भएको छैन । यसको निर्णय भोलिमात्र हुनेछ छ।तर, संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार भोलि राष्ट्रिय सभाको बैठक बस्ने वा नबस्ने बारे सरकारको निर्णयमा भर पर्छ ।
‘सरकारले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेमा राष्ट्रपतिबाट आउने पत्र बाचनका लागि भोलिको बैठक बस्छ । राष्ट्रपतिबाट पत्र नआएको खण्डमा सूचना टाँसेर भोलिको बैठक स्थगित हुने संभावना रहेको उनले बताए ।