News Portal

  • छ लेन सडकमा ३ दिन भित्रै अर्को ठूलो दुर्घटना : राधेराधेमा बसले ठक्कर दिएका लामा रहेनन्

    भक्तपुरपोस्ट संवाददाता ठिमी, ७ चैत
    २६२९ पटक
    ठिमी, ७ चैत

    छ लेन सडक अन्तर्गत राधे राधे चोकमा बसको ठक्कर बाट एक मोटरसाइकल चालकको ज्यान गएको छ । शुक्रवार दिउँसो करिब पौने चार बजेको समयमा भएको दुर्घटनामा परी ३३ वर्षीय युवकले ज्यान गुमाएका छन् ।

    भक्तपुरबाट काठमाडौंतर्फ जादै गरेको बा ८० प ८६९२ नं. को मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश नं. ३-०१-००६ ख ०३७९ नं.को बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

    ज्यान गुमाउने मोटरसाइकल चालक काभ्रेपलाञ्चोकको तिमाल ९ घर भई हाल भक्तपुरको सुर्यबिनायक बस्ने बर्ष ३३ को देबराज लामा भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका डीएसपी दिपक गिरीका अनुसार बसको ठक्कर बाट घाईते भएका लामालाई राधे राधे चोकमा खटिएको प्रहरी टोलीले उद्धार गरी तत्कालै मध्यपुर अस्पताल ठिमी पुर्याएको थियो । मध्यपुरबाट थप उपचारका लागि बी. एण्ड बी. अस्पताल लगिएकोमा उपचारकै क्रममा लामाको करिब सवा छ बजेको समयमा ज्यान गएको चिकित्सकले घोषणा गरेका थिए ।

    दुर्घटना गराउने बस र त्यसाका चालक चाँगुनारायण ९ ताथली बस्ने बर्ष २८ को प्रबिन त्यातलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त ठिमीमा राखिएको र दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।यस अघि मध्यपुर ठिमी ३ कौशलटार स्थित छ लेन सडकमा मंगलवार दिउसो मोटरसाइकल र स्कुटर ठोक्किदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोककै २२ वर्षय युवक पनौती १२ रोशी बस्ने सरोज श्रेष्‍ठको ज्यान गएको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...