News Portal

  • भक्तपुुर नगरपालिकाद्वारा तरकारी बजार लाग्ने स्थानहरूमा एक मिटरको दुरी कायम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ चैत
    १५५३ पटक
    भक्तपुर, १४ चैत

    भक्तपुुर नगरपालिकाले शुक्रबार साँझबाट नगरका विभिन्न स्थानका तरकारी बजार व्यवस्थित गर्ने भएको छ । तरकारी र अन्य दैनिक आवश्यकताका सामग्री खरिद गर्न आउने मानिस एक आपसमा निश्चित दुरी कायम नगरी किनमेल गर्दा भाइरस संक्रमणको सम्भावनालाई ध्यानमा राखी नगरपालिकाले तरकारी बजार लाग्ने स्थानहरूमा एक मिटरको दुरीमा बक्स कोरेको छ ।

    अब तरकारी किन्न आउने उपभोक्ताले ती बक्सभित्र उभिएर लामबद्ध भई सामान खरिद गर्नुपर्ने छ । यस्तो गर्दा सामान खरिद गर्न आउने मानिस–मानिसबीच संक्रमणको सम्भावना कम हुनेछ । यसले बजार व्यवस्थित पनि हुने बताइएकाे छ ।

    नगरपालिकाबाट प्राप्त जानकारीअनुसार टौमढी, गःहिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलबिनायकमा यसरी दुरी कायम गरी बजार व्यवस्थित गरिएकाे छ । स्थानीय प्रहरी प्रशासनको सहयोगमा उक्त दुरी कायम गरिएको हो ।

    भक्तपुर नगरपालिकाले आजै एक वक्तव्य जारी गरी अत्यावश्यक सामान खरिदको लागि बाहिर निस्कँदा तोकिएको स्थानमा अर्को व्यक्तिसँग एक मिटरको दुरी कायम गरी लामबद्ध भई सामान खरिद गर्न आह्वान गरेको छ । नगरपालिकाले हरेक दिनको बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म सामान खरिदको समय निर्धारण गरेको छ । सामान खरिदको लागि तोकिएको समयमा अत्यावश्यक परेको अवस्थामा मात्र घर बाहिर निस्कनु पर्छ । ”नगरपालिकाले तोकेको समय घरबाट सबै बाहिर निस्कने वा सडकमा हिंडडुल गर्न मिल्ने समय होइन, अत्यावश्यक सामान खरिदको लागि परिवारबाट एक्लै बाहिर आई आवश्यक सामान खरिद गर्ने समय हो । त्यो समयमा पनि परिवारका अरु सदस्य भने घरभित्रै बस्नुपर्छ ।” सूचनामा भनिएको छ ।

    यसैबीच भक्तपुुर नगरपालिकाले कोभिड–१९ भाइरसको संक्रमणबाट सर्वसाधारणलाई सुरक्षित गर्न विभिन्न स्थानमा कीटानाशक झोल स्प्रे गरेको छ । बिहीबार भक्तपुरको च्याम्हासिंहमा कीटनाशक झोल स्पे्र गरिएको थियो । शुक्रबार बाराहीस्थान, गःपली, इचाडोल, डोक्छें, तालाक्व, बुलुचा, खौमा, इताछें, मिवाछें, कमलबिनायक आवास क्षेत्र, तुमचो दुगुरे आवास क्षेत्र, व्यासीदेखि कमलबिनायकसम्मको मूल सडक, लिवाली आवास क्षेत्र र च्याम्हासिंहदेखि जगातीसम्मको सडकमा कीटनाशक झोल स्प्रे गरेको नगरपालिका स्रोतले जनाएको छ । आगामी दिनमा कीटनाशक झोल स्प्रेको कामलाई निरन्तरता दिइने बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...