News Portal

  • अब तोकिएको यी १० बाहेकका स्थानमा तरकारी बेच्न नपाइने, हेर्नुहोस् भक्तपुर नगरपालिकाको ६ निर्णय

    भक्तपुरपोष्ट संवाददाता१७ चैत २०७६
    ३८११ पटक
    १७ चैत २०७६

    भक्तपुर नगरपालिकाले सडकमा जथाभावी तरकारी बेच्न रोक लगाएको छ । लकडाउनको समयावधिमा कोरोना भाइरस रोगको सम्भावित जोखिमप्रति संवेदनशील हुँदै नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

    नगरपालिकाको सोमबार बसेको बैठकले यही २०७६ चैत्र १९ गतेदेखि लागू हुनेगरी दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूल सडक र चोकमा तरकारी बजार राख्न पूर्ण निषेध गर्ने निर्णय गरेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनका अनुसार सोको सट्टा तरकारी बजारको लागि नगरपालिकाले विभिन्न १० स्थान तोकिदिएको छ ।

    अब उपभोक्ताले निश्चित समयमा सुरषित रुपमा तोकिएको स्थानबाट मात्रै तरकारी किन्न पाउने भएका छन् ।

    नगर प्रमुख प्रजापतिको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणबाट बच्न भक्तपुर नपाले गरेका प्रयास र आगामी दिनमा यस रोगको संक्रमणबाट जोगिनको लागि विभिन्न ६ महत्वपूर्ण निर्णयहरु गरेको छ ।

    भक्तपुर नगरपालिका नगर कार्यपालिकाको बैठकले गरेका निर्णयहरु :

    १) विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट नगरबासी जनतालाई सुरक्षित राख्न तथा सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न प्रत्येक वडामा वडाध्यक्ष वा निजले तोकेको जनप्रतिनिधिको संयोजकत्वमा स्थानीय अग्रजहरु सम्मिलित समन्वय समिति गठन गर्ने ।

    २) नेपाल सरकारले देशव्यापी लकडाउन घोषणा गरेको अवस्थामा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन र घरमै सुरक्षित रुपमा बस्न नगरबासीहरुलाई आग्रह गर्ने र यस अवधिमा रोगको जोखिमबाट जोगिन मन्दिर, मस्जिद, चर्च, बहा बही लगायतका धार्मिक स्थलहरुमा पूजा प्रार्थना नगर्न, मर्निङ वाक (प्रभातफेरी), योग र शारीरिक व्यायामको लागि घरबाट बाहिर ननिस्कन सबैमा अनुरोध गर्ने ।

    ३) लकडाउन घोषणा गरिएको समयावधिमा अत्यावश्यक कार्यका लागि मात्र एक घरबाट एक जना मात्र बाहिर निस्कन सकिने गरी वडा कार्यालयहरु मार्फत अनुमति पत्र वितरण गर्ने ।

    ४) लकडाउनको समयावधिमा कोरोना भाइरस रोगको सम्भावित जोखिमप्रति संवेदनशील भई यही २०७६ चैत्र १९ गतेदेखि लागू हुनेगरी दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूल सडक र चोकमा तरकारी बजार राख्न पूर्ण निषेध गर्ने र सोको सट्टा देहाय बमोजिम वडाका देहाय बमोजिमका स्थानहरुमा तरकारी बजारको व्यवस्था गर्ने,

    वडा तरकारी बजार राखिने स्थानहरु ः
    १ वडा कार्यालय अगाडिको बसपार्क क्षेत्र
    २ नःपुखुको उत्तरतर्फको खुला ठाउँ, ठूलो व्यासी, सानो व्यासी
    ३ तापालाछी, कोलाछेँ, देगमना, खौमा
    ४ गःहिटी, तालाक्व, भुलाँचा
    ५ खलाँ ल्योसिँख्यो, त्रिपुरासुन्दरी
    ६ चोेछेँ, भोलाछेँ चौबाटो, देकोचा
    ७ वाँचु टोल, याता, जगाति चोक
    ८ लिवाली (ख्वप इन्जिनियरिङ कलेज जाने चोक), जेलाँ
    ९ याताछेँ, वाँचु हिटी
    १० लाँचा फल्चा, महालक्ष्मी मन्दिर वरपर, कमलविनायक पोखरीको दक्षिणतिर

    ५) कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथामको व्यवस्थापनको लागि प्रदेश तथा संघीय सरकारबाट यसको लागि प्राप्त हुन आउने रकम समेत विपद व्यवस्थापन कोषमा जम्मा गर्ने र कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि विपद् व्यवस्थापन कोषबाट खर्च गर्दै जाने, साथै संघ/प्रदेश सरकारबाट प्राप्त रकम र विपद व्यवस्थापन कोषमा रहेको रकम नपुग हुने स्थिति भएमा अन्य कार्यक्रमहरुको बजेट रकमान्तर गरी व्यवस्था गर्ने । तत्काल विपद् व्यवस्थापन कार्यको लागि सबै वडाहरुलाई १ लाखको दरले निकासा गरी पठाउने ।

    ६) विपद्को समयमा कुनै गैरसरकारी संस्था वा व्यक्तिले राहत वा सहयोग वितरण गर्न चाहेमा यस नगरपालिकामा सहयोग रकम वा सामग्री जम्मा गरी वडा कार्यालयमार्फत मात्र वितरण गर्ने ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...