News Portal

  • बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु : लकडाउन थप्न प्रस्ताव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ चैत
    १०४३ पटक
    भक्तपुर, २४ चैत

    सरकारले ‘लकडाउन’को समय बढाउने भएको छ । लक डाउनको समय कम्तिमा एक हप्ता बढ्ने भएको हो ।

    समय थप गर्ने सम्बन्धमा अहिले बसिरहेको मन्त्रीपरिषद बैठकले टुंगो लगाउने बताइएको छ ।प्रधानमन्त्री कार्यालय श्रोतले भक्तपुर पोस्टलाई दिएको जानकारी अनुसार यतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक बसिरहेको छ । बैठकमा लकडाउनको समय कम्तिमा १ हप्ता थप्न प्रस्ताव गरिएको छ । छिमेकी देश भारतमा पनि २१ दिन लकडाउन गरिएको छ । ”सोही अनुरुप नेपालमा पनि २१ दिन पुग्ने निश्चित जस्तै भएको छ ।” श्रोतले भन्यो ।

    सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले एक साताको लकडाउन आदेश गरेको थियो भने १८ गते पुनः समय थप गरिएको लकडाउन भोलि मंगलवार राती सकिंदैछ ।

    नेपालमा कोरोनाको ९ संक्रमित पुष्टि भएका छन् । जसमा, एकजना निको भैसकेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् ।

    पुन: लम्बियो लकडाउन : नयाँ वर्ष मनाउन नपाइने

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...