News Portal

  • सल्लाघारीको तिनकुनेमा सडक दुर्घटना : घाइते प्रहरीहरुलाई पुर्याइयो अस्पताल

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, २ बैशाख
    ६४०४ पटक
    भक्तपुर, २ बैशाख

    छ लेन सडक अन्तर्गत सल्लाघारीको तिनकुनेमा सडक दुर्घटना भएको छ । सडकमा सुरक्षार्थ बसिरहेका प्रहरी नै सडक दुर्घटनामा परेका छन् ।

    मंगलवार भएको उक्त दुर्घटनामा परी ३ जना प्रहरी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नजिकैको डा इवामुरा मेमोरियल अस्पताल पुर्याइएको छ ।

    विहान करिब साढे छ बजेको समयमा काठमाडौबाट आइरहेको एक ८ चक्के लरी अनियन्त्रित भइ तीनकुनेस्थित सोलार पोलमा ठक्कर दिन पुगेको थियो । त्यसपछि आइरहेको अर्को ना ३ च ६२२४ नम्बरको कुखुरा बोक्ने जीपले पोल लतारेपछि त्यसमा रहेकाे लत्रेको इन्टरनेटको तारले सडकमा रहेका प्रहरीलाई समेत लतारेकाे र  उनीहरु घाइते भएका हुन् । स्थानीयले घाइते प्रहरीहरुलाई उद्धार गरी अस्पताल पुर्याएका छन् । उनीहरु खतरामुक्त रहेको इवामुरा अस्पतालले जनाएको छ ।

    सोही ठाउँमा यस अघि पनि पटक पटक दुर्घटना हुने गरेका छन् । पानी पर्यो कि क्रसिङमा एक्कासी रोक्न पर्दा सवारीहरू दुर्घटना हुने गरेका एक प्रहरीले जानकारी गराए । उनका अनुसार सडक चिल्लो बनाउन ठिमीकाे एसएसदेखि सूर्यविनायक सम्म दलिएको मोबिल र अलकत्राका कारण पानी पर्यो कि सवारीहरु चिप्लिन्छन् र दुर्घटना बढी भैरहेको छ । स्थानीय समेत रहेका नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पानी पर्यो कि सधै दुर्घट्ना हुने यो सडक विभागको गम्भीर लापरवाही भएको बताएका छन् । सडकमा चिप्लने र दुर्घटना हुने क्रम रोक्न उनले माग समेत गरे ।

    तस्वीर : राजेशमान मानन्धर/भक्तपुरपोस्ट

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...