News Portal

  • लकडाउन बैशाख १५ सम्म लम्बियाे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ बैशाख
    १८३३ पटक
    भक्तपुर, २ बैशाख

    बैशाख १५ गते सम्म लकडाउनकाे समय थपिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

    चैत २५ मा बढाइएकाे अवधी ३ गते सकिदैँछ ।चैत ११ देखि नेपालमा लकडाउन जारी छ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेर अघि एक सन्देश जारी गरी भारतमा लकडाउन मे ३ अर्थात्, वैशाख २१ सम्म बढाउने घोषणा गरेका छन्।

    नेपालमा हालसम्म कोरोनाका १४ वटा केस प्रयोगशालामा प्रमाणित छन्। काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्दै आएको एक परिवारका तीनजनामा र्‍यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ देखिए पनि भिटिएम टेस्टको रिपोर्ट सार्वजनिक भएकाे छैन ।तर, स्रोतले २ जनामा काेराेना पोजिटिभ पुष्टि भैसकेकाे दाबी गरेकाे छ । यसैबीच पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट काेराेना पोजिटिभ छैन ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...