News Portal

  • एकैदिन थपिए १४ कोरोना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो

    उदयपुरमा १२ र चितवनमा २ जना

    भक्तपुरपोष्ट संवाददाता५ वैशाख २०७७
    १०५० पटक
    ५ वैशाख २०७७

    काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।

    जसमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष, ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाको २ वटा केस (२ पुरुष, २७ र ६३ वर्षीय) रहेका छन्’, मन्त्रालयले भनेको छ ।

    यसअघि नै १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    पछिल्लो तथ्यांक अनुसार उदयपुरमा सर्वाधिक धेरै १२ जना, काठमाडौँमा ५, कैलालीमा ४, पर्सामा ३, चितवन र बाग्लुङमा २–२ तथा कञ्चनपुर र रौतहटमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँका एक जना स्वस्थ भइसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...