News Portal

  • भक्तपुरको जगातीमा भेटियो दुर्लभ सालक

    भक्तपुरपोस्ट संवाददाता१ असार २०७७
    १२५८ पटक
    १ असार २०७७

    भक्तपुर । भक्तपुरको जगातीमा दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक भक्तपुर नगरपालिका वडा नम्वर ७ जगातीमा प्रहरीले फेला पारेको हो । फेला परेको सालक प्रहरीले इलाका वन कार्यालय सूर्यविनायकको जिम्मा लगाएको छ ।

    इलाका वन कार्यालय सूर्यविनायक र तौडोल छाप सामुदायिक वनका प्रतिनिधीहरु मिलेर सालक सूर्यविनायक नगरपालिका वडा नम्वर ८ सिपाडोलस्थित तौडोल छाप सामुदायिक वनमा छाडेको छ । सालक वयस्क भाले रहेको इलाका वन कार्यालय सूर्यविनायकका फरेस्टर रोशनी बुढाथोकीले जानकारी दिइन् ।

    इलाका वन कार्यालयकी फरेस्टर बुढाथोकीले तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष महेश्वर बोहरालाई उक्त सालक हस्तान्तरण गरेकी हुन् । समूहले प्राप्त गरेको उक्त सालक इलाका वन कार्यालय सालकसम्बन्धी अध्ययेता तुलसीलक्ष्मी सुवाल, समूहका पूर्वअध्यक्ष दीपेन्द्र थापा, सल्लाहकार रामेश्वर बोहरा, सञ्चारकर्मीलगायतको उपस्थितिमा सामुदायिक वनमा छोडिएको छ ।

    तौडोल छाप सामुदायिक वनमा यसरी विभिन्न ठाउँमा फेला परेका ११ वटा सालक छोडिइसकेको छ । जिल्ला वन कार्यालयले उक्त सामुदायिक वनलाई सालक संरक्षण क्षेत्रसमेत घोषणा गरेको छ । त्यसैले जिल्लाभित्र कतै दुर्लभ सालक भेटिए तौडोल छाप सामुदायिक वनमै छोड्ने गर्दै आएको समूहका अध्यक्ष बोहराले जानकारी दिए ।

    लामो समयदेखि सालकसम्बन्धी अनुसन्धान गर्दै आएकी तुल्सीलक्ष्मी सुवालका अनुसार फेला परेको सालक पाँच केजीको बयस्क रहेको छ । प्राणी अनुसन्धान तथा संरक्षण फाउण्डेसन मार्फत साना स्तनधारी प्राणीको विषयमा अध्ययन गर्दै आएकी उनका अनुसार फेला परेको सालक कालो प्यागुईन (कालो सालक) रहेको छ । छोडेको सालक भाले भएको र यो तीन वर्षमाथीको रहेको उनले बताईन् । उनका अनुसार भक्तपुरको नगरकोट जंगल सूर्यविनायकका विभिन्न जंगलमा सालक फेला पर्ने गरेका छन् । उनका अनुसार नेपालमा पाँचसयका हाराहारीमा सालक रहेका छन् ।

    सालक दिनभर सुत्ने र रातमा खानाको खोजीमा निक्लने प्रजाती हो । यो उत्तर मोहोडाको सेपिलो र भिरालो जंगलमा बढी पाईने गर्दछन् । सालक दुर्लभ वन्यजन्तु भएकाले संरक्षित क्षेत्र घोषणा गरी तौडोलछापले यसको संरक्षणका लागि गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...