News Portal

  • प्रदेश २ ले ल्यायो ३३ अर्ब ५६ करोड ९ लाखको बजेट (पूर्णपाठ)

    भक्तपुरपोस्ट संवाददाता२ असार २०७७
    १११५ पटक
    २ असार २०७७

    काठमाडौँ  । प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

    प्रदेश सभामा सोमबार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार (४५.९५) प्रतिशत र पुँजीतर्फ १७ अर्ब ९८ करोड ८२ लाख (५३.६७) प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ ।अगामी आर्थिक वर्षको बजेटमा बजेट खर्च आन्तरिक स्रोत राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार रुपैयाँ र नेपाल सरकारबाट अनुदान १३ अर्ब ४० करोड ५९ हजार छुट्याइएको छ ।

    प्रदेश सरकारको खर्च नभएर नगद मौज्दात ६ अर्ब ९१ करोड २९ हजार रुपैयाँ बजेटमा समेटिएको छ ।

    आगामी आर्थिक बर्षमा पनि सांसद विकास कोष अर्थात् निर्वाचन विकास क्षेत्रलाई निरन्तरता दिइने भएको छ । यसका निम्ति २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।

    जनकपुरस्थित प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन ४५ करोड ५३ लाख बजेट विनियोजन गरिएको छ ।
    प्रदेश प्रहरी गठन र त्यसको भौतिक संरचना निर्माणका लागि ३९ करोड २५ लाख विनियोजन गरिएको छ ।

    बजेटको पूर्णपाठः

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...