News Portal

  • कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट(पूर्णपाठ)

    भक्तपुरपोस्ट संवाददाता२ असार २०७७
    १२५३ पटक
    २ असार २०७७

    सुर्खेत। कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा सोमवार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गरेका हुन् ।

    प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५७ प्रतिशत हो । यस्तै चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रहेको छ । यो कुल बजेटको ४३ प्रतिशत हो । त्यसैगरी प्रदेश सरकारले वित्तिय हस्तान्तरणतर्फ दुई अर्ब ९९ करोड ६५ लाख अर्थात नौ प्रतिशत बजेट विनियोजन गरिएको छ।

    प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा कोरोना महामारी नियन्त्रण र खाद्य संकट टार्ने कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको छ । कोरोना महामारी नियन्त्रण गर्नुपर्ने भएकाले यसपाली प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा बजेटलाई प्राथमिकता दिएको छ ।

    कोरोना रोकथाम र नियन्त्रणमा लागि चालु खर्चतर्फ मात्र ८७ करोड ४१ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले बताए । यस्तै बजेटमार्फत प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार विकास, जनशक्ति परिचालन, परीक्षण र संक्रमितको उपचारका लागि पनि बजेट विनियोजन गरेको छ ।

    प्रदेश सरकारले सुर्खेतमा रहेको प्रदेश अस्पतालमा तीन सय शैया थप्ने र त्यसलाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने भएको छ । यसका लागि १३ करोड ४५ लाख रुपैयाँ, डोल्पा अस्पतालको स्तरोन्नतीको लागि १० करोड र अन्य जिल्ला अस्पतालको स्तरोन्नतीका लागि पनि आवश्यक बजेट विनियोजन गरेको छ ।

    यस्तै कोरोना नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई मासिक तलबमा एकसय प्रतिशत र प्रहरी तथा चालकलाई ५० प्रतिशत रकम प्रोत्साह दिने घोषणा गरेको छ । यसका लागि एक अर्ब ५० करोड ५८ लाख बजेट विनियोजन गरिएको छ । कोरोना नियन्त्रणमा महिला स्वास्थ्य स्यंमसेवकलाई पनि परिचालन गरिनेछ । यसका लागि चार करोड विनियोजन गरिएको छ ।

    आगामी आर्थिक वर्षमा प्रदेश सरकारले अत्यावश्यक एम्बुलेन्सबाहेक अन्य सवारी साधन खरिद नगर्ने, चालु खर्चका विभिन्न शिर्षक कटौती गर्ने र विकास आयोजनाको प्रभावकारी अनुगमन गरिने जनाएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको राकमकर्णालीमा ट्रमा अस्पताल स्थापना गर्ने, सुर्खेत विमानस्थलको विस्तार गर्ने, भेरी बबई आयोजनाको बाँधमा जलविद्युत उत्पादन गर्ने र त्यसमा प्रदेश सरकारले लगानी गर्ने, प्रदेश राजधानी वीरेन्द्रनगरको एकीकृत विकास गर्ने र पर्यटन विकासलाई प्राथमिकता दिइने बजेटमा उल्लेख गरेको छ ।  कर्णाली प्रदेश सभाको बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...