News Portal

  • भक्तपुरमा ७ सहित थप ३ सय ३१ मा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

    भक्तपुरपोस्ट संवाददाता६ असार २०७७
    १०५७ पटक
    ६ असार २०७७

    काठमाडौँ । भक्तपुरमा ७ सहित पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

    मन्त्रालयका अनुसार भक्तपुरमा ७, काठमाडौंमा १, डोटीमा ६१, नवलपरासी पूर्वमा ३२, महोत्तरीमा २४, तनहुँमा २३ र बागलुङमा २० जना नयाँ संक्रमित भेटिएका छन् ।

    यस्तै, बैतडीमा १८, गुल्मीमा १८, पाल्पामा १८, डडेलधुरामा १२, झापामा १, सुनसरीमा २, मोरङमा ८, सर्लाहीमा ९ र बारा ४ नयाँ संक्रमित भेटिएका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कैलालीमा ३, नवलपरासी पश्चिममा १, रामेछापमा ३, रौतहटमा ७, रुपन्देहीमा १, धादिङमा ८, स्याङ्जामा १, बाँकेमा १४, बर्दियामा ७, रुकुम पश्चिममा १, दाङ ४ र प्यूठानमा ८ जना नयाँ संक्रमित फेला परेका छन् ।

    मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ५२ हजार ३०० नमुना परीक्षण भएका छन् । २४ घन्टामा ४ हजार ४२६ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ६९ हजार १६५ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ७ हजार ४१६ परीक्षण भएका छन् ।

    हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख २ हजार ४५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ५ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...