News Portal

  • भक्तपुरमा १ सहित थप ६ सय २९ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

    भक्तपुरपोस्ट संवाददाता१० असार २०७७
    ९८१ पटक
    १० असार २०७७

    काठमाडौँ  । पछिल्लो २४ घन्टामा  भक्तपुरमा १ सहित थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा १ सय १० महिला र ५ सय १९ पुरुष गरेर ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको बताए ।

    बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडीटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ ।

    अहिलेसम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडीटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ । बुधबार १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।

    याे पनि

    मन्त्रालयले भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित भक्तपुरबासी होइनन् : एसपी थापा

    जिल्लागत संक्रमित विवरण

    कैलाली १०३

    झापा ११

    सुनसरी १

    मोरङ १

    सप्तरी ६

    धनुषा २०

    महोत्तरी १२

    सर्लाही १

    वैतडी ४

    बाजुरा ७

    डोटी ४८

    कैलाली ४८

    कञ्चनपुर ८६

    पर्वत २

    रौतहट ४४

    सर्लाही २०

    धादिङ २

    काठमाडौं १

    चितवन १

    तनहुँ १

    स्याङ्जा ७

    नवलपरासी पूर्व ५

    पाल्पा १५

    भक्तपुर १

    अछाम २३

    गोरखा ३

    कास्की ४

    बागलुङ ९

    कास्की ५

    लमजुङ ५

    पर्वत १

    गुल्मी ५

    कपिलवस्तु १

    रुपन्देही १

    बाँके ९

    बर्दिया १

    दाङ ७६

    प्यूठान १०

    जाजरकोट १

    सुर्खेत १४

    दैलेख ४

    कालिकोट १

    बाजुरा १

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...