News Portal

  • पूर्वमन्त्री बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एक पक्राउ

    भक्तपुरपोस्ट संवाददाता१७ असार २०७७
    ९८० पटक
    १७ असार २०७७

    काठमाडौं । पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एक जना पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा प्रतिबन्धित नेकपा(विप्लव समूह) भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही छन् । शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघि २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो । घटनामा संलग्नताको आरोपमा त्यतिवेलै चार जना पक्राउ परेका थिए ।

    अभिषेक भन्ने टेक बहादुर बिक, अमृत बहादुर कुमाल, लक्ष्मण सेठी, देबी बहादुर गुरुङ पक्राउ परेका भएपनि संलग्नता पुष्टि नभएपछि देबी बहादुर गुरुङलाई साधारण तारेखमा छुटेका थिए । भक्तपुर जिल्ला अदालतको आदेशअनुसार बाँकी ३ जनालाई पुर्पक्षका डिल्लीबजार कारागार चलान गरिएको थियो ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले सोही घटनामा फरार रहेका मुख्य योजनाकार नेकपा (विप्लव समुह) भक्तपुर जिल्लाका सेक्रेटरी शाहीलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको प्रहरी टोलीले असार १५ गते पक्राउ गरिएको बताए । उनलाई असार १६ गते जिल्ला अदालत भक्तपुरवाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको गिरीले जानकारी दिए ।

    उनकाअनुसार शाहीलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको छ ।

    उता, प्रतिबन्धित नेकपा(विप्लव समूह)ले भने उपत्यका विशेष ब्युरो इञ्चार्ज मिलनको नामबाट विज्ञप्ति जारी गर्दै पार्टीले आक्रामक कारबाही बन्द गरेको अवस्थामा झुठा मुद्दा लगाइएको दाबी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...