News Portal

  • भक्तपुरमा प्रहरी उपरीक्षक तारादेवी थापाको भव्य स्वागत

    भक्तपुरपोस्ट संवाददाता१७ असार २०७७
    १३३२ पटक
    १७ असार २०७७

    भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७७ असार ८ गतेबाट भक्तपुर जिल्लामा सरुवा भई आएकी प्रहरी उपरीक्षक तारादेवी थापालाई स्वागत गरेका छन् ।

    प्रजापतिले पुष्पगुच्छा र भक्तपुरको प्रसिद्ध मयुर झ्याल प्रदान गर्दै प्रहरी उपरीक्षक थापालाई भक्तपुर नगरपालिकामा स्वागत गरेका हुन् ।
    नगर प्रमुख प्रजापतिले प्रहरी उपरीक्षक थापालाई सांस्कृतिक, पर्यटकीय र प्राचीन नगर भक्तपुरमा नगरपालिका परिवार र सिंगो नगरबासीहरुको तर्फबाट स्वागत गरे ।

    भक्तपुरको सम्पदा संरक्षण र शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनको भूमिका अपरिहार्य भएको बताउदै भक्तपुर नपाले अनियमित, भ्रष्टाचार र अनैतिक काम गर्नेहरुको पक्ष कहिल्यै नलिने उनले बताए ।

    भक्तपुर नगरपालिकाले नेपालकै प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धार कार्य जनश्रमदानमार्फत गरिरहेको अवगत गराउदैै प्रमुख प्रजापतिले कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउनको समयमा जनप्रतिनिधि र प्रशासनले खेलेको भूमिकाबारे प्रष्ट पारेका थिए ।

    उनले आफ्नो कार्यक्षेत्रमा इमानदारीपूर्वक काम गरी जनमानसमा सकारात्मक प्रभाव पार्न शुभकामना दिँदै भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको बारेमा पनि अवगत गराएका थिए ।

    कार्यक्रममा प्रहरी उपरीक्षक थापाले भक्तपुर देशकै सानो जिल्ला भएर पनि सांस्कृतिक विविधता बोकेको जिल्ला भएको हुँदा सुन्दर नगरी भक्तपुरमा सरुवा भएर कार्य गर्न पाउँदा निकै उत्साहित भएको बताइन् ।

    भक्तपुरबासीको न्यानो स्वागत र सद्भावप्रति आभार प्रकट गर्दै प्रहरी उपरीक्षक थापाले प्रहरी जनताको सेवामा सँधै खटिरहने र प्रहरीबाट हुने गलत कार्यको पनि निन्दा गर्नु आवश्यक भएको बताइन् ।

    स्वागत कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुरको संक्षिप्त परिचय दिनुहुँदै प्रहरी प्रशासनको तर्फबाट सकारात्मक सहयोगको अपेक्षा रहेको बताए ।

    काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेकी थापा प्रहरी उपरीक्षक सबिन प्रधानको ठाउँमा भक्तपुरको प्रहरी प्रमुखको रुपमा सरुवा भएर आएकी हुन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...