News Portal

  • विद्यार्थी भर्ना गर्न र शुल्क लिन पाउनुपर्ने भन्दै भक्तपुरका विद्यालय संचालकले बुझाए पत्र

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, २ साउन
    २२१५ पटक
    काठमाडौं, २ साउन

    संस्थागत विद्यालय संचालकहरुकाे संगठन प्याब्सन र एनप्याब्सनका प्रतिनिधिमण्डलले  निजी विद्यालयकाे बर्तमान अवस्थाबारे   ध्यानाकर्षण गराएकाे छ । निजी विद्यालयकाे व्यवस्थापन र सञ्चालनमा सहयाेग गरिदिन भक्तपुर नगरपालिकालाइ ध्यानाकर्षण गराइएकाे हाे ।

    शुक्रबार उनीहरुले नगर प्रमुख सुनिल प्रजापतिलाइ ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् । ध्यानाकर्षण पत्रमा नयाँ विद्यार्थी भर्ना गर्न पाउनुपर्ने,आलोपालो प्रणालीमा कक्षा सञ्चालनकाे व्यवस्था मिलाइदिनुपर्ने माग गरिएकाे छ । त्यतिमात्र हाेइन, उनीहरुले १ महिनाको मासिक पढाई शुल्क छुट गरी अन्य शुल्कहरु संकलन गर्न पाउने व्यवस्था गरिदिन, विद्यालयमा कार्यरत शिक्षक—कर्मचारीहरुको तलब भत्तालगायत अन्य खर्चको व्यवस्थापनको निम्ति उचित सहयोग गरिदिन र घर—जग्गा बहाल कर, व्यवसायिक करलगायत अन्य कर छुटको लागि अनुरोध गरेका नगरपालिकाले जनाएकाे छ ।

    ध्यानाकर्षण पत्र बुझ्ने क्रममा नगर प्रमुख प्रजापतिले रोगको सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाल सरकारले गरेको लकडाउनको पालना गर्नु सबैको साझा दायित्व भएको बताएका थिए ।

    सम्भावित जोखिमलाई ध्यानमा राखी  नगरपालिकाले बिस्का जात्रालाइ औपचारिकतामा मात्र सीमित गरेकाे र नजिकिंदै गरेको घण्टाकर्ण, गुँला पर्व, गाईजात्रा लगायतका पर्वहरुलाई औपचारिकतामा मात्र सीमित गर्न नगरबासीहरु माझ अनुरोध गरिसकेको स्मरण गराउदै मेयर प्रजापतिले संकटको यस घडीमा कक्षामा विद्यार्थी भेला गरेर पढाउन भन्दा विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्नु नै उचित हुने प्रस्ट पारेे  । लकडाउन खुलेपछि अन्य बिषयमा छलफलमा जान सकिने उनकाे भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...