News Portal

  • चाँगुकाे पहिराे नियन्त्रणमा नेता ढकालकाे पहल

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, ६ साउन
    ३४३७ पटक
    चाँगुनारायण, ६ साउन

    चाँगुनारायणस्थित बलखलकमा पहिरो गएपछि स्थानीय चिन्तित छन् । घरमुनि नै पहिरो खसेपछि कसलाई पो चिन्ता नहोला ? तर, त्यो चिन्ता बिर्सिएर मंगलवार बिहान उनीहरु मुस्कुराए ।

    उनीहरु खुशी हुनुको कारण दुखमा साथ् दिन पुगेका नेता डिपी ढकाल थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव उनीहरुलाई सहयोगको पहल गर्न पुगेका कारण मात्र उनीहरुको ओठमा खुशी छाएको थिएन, आफैले भोट दिएका नेता निर्वाचनमा पराजित भएपनि आफूहरुको दुखमा सहभागी भएको देख्दा बलखलकबासी दंग देखिए । नेता ढकाल गत उपनिर्वाचनमा नेकपाकाे तर्फबाट प्रदेश सभा सदस्यका उम्मेद्वार रहेका थिए ।

    चाँगुनारायण ४ स्थित छापटोल भन्दा माथि बलखलकमा रहेको बस्तीमा पहिरोको जोखिम परेको हाे । घर छेउमै खसिरहेको पहिरोको चिन्ताले त्यहाँ घर भएका मानिसहरु निदाउन सकेका छैनन् । पहिराे खसेपछि सडक यातायात पनि अवरुद्ध भएकाे छ ।  मंगलवार बिहान त्यस क्षेत्रको अवलोकन गर्दै नेता डिपी ढकाल पुगेपछि स्थानीयले उनलाई आफ्नो दुखेसो सुनाए । स्थानीयको दुख आफूले महसुस गरेको भन्दै बस्ती जोगाउन कुनै कसर बाँकी नराख्ने नेता ढकालले प्रतिवद्धता प्रकट गरे । उनले जल उत्पन्न प्रकोप नियन्त्रणको कार्यमा अनुभव प्राप्त गरेका इन्जिनियर एवं जलश्राेत तथा सिचाई बिकास डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दिलिप कुमार विश्वकर्मालाई आवश्यक पहलका लागि आग्रह गरे ।

    पहिरोको स्थलगत अवलोकनपछि इन्जिनियर विश्वकर्माले यसको आफूले दीर्घकालीन समाधान दिने बताए । नेता ढकालले स्थानीयलाई कागजी प्रक्रियामा नअल्झाई फास्टट्रयाकमा पहिरो नियन्त्रणको काम गर्न इन्जिनियर विश्वकर्मासंग आग्रह गरेका थिए । बस्तुस्थिति बुझ्न र याेजना बनाउन उनले इन्जिनियर विश्वकर्मालाइ आफूसंगै पहिराे निरीक्षणमा लगेका थिए । इन्जिनियर विश्वकर्माले आफ्नो कार्यालयमा विविध शिर्षकमा करिब डेढ करोड बजेट रहेको जानकारी गराउदै पहिलो प्राथमिकतामा बलखलकको पहिरो नियन्त्रणमा खर्च गर्ने प्रतिवद्धता प्रकट गरे ।

    उक्त पहिरो निरीक्षणको क्रममा नेता ढकालले तत्काल आवश्यक आपतकालीन सहयोगका लागि भक्तपुर विपद ब्यवस्थापनको प्रमुख समेत रहेकी सिडिओ हुमकला पाण्डेलाई टेलिफोनमार्फत आग्रह गरे । प्रजिअ पाण्डेले पनि आफू तत्काल सो पहिरोको निरीक्षण गर्न पुग्ने र पाल,बोरा लगायत तत्काल पहिरो रोक्न आवश्यक सामाग्री पुर्याउने प्रतिवद्धता प्रकट गरिन ।

    मंगलवार बिहान उक्त पहिरो निरीक्षणमा नेता ढकाल संग गृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव समेत रहेका नेकपाका जिल्ला नेता बिरु तामाङ सुदिप, अर्का जिल्ला नेता कान्छा तामाङ, उक्त वडाका वडाध्यक्ष बुद्धिलाल श्रेष्ठ, नगर सभा सदस्य सपना तामाङ समेत सहभागी भएका थिए । सहभागीहरुले पहिरोलाई बढ्न नदिन र दीर्घकालीन सुरक्षाको लागि आफूहरु सक्रियतापूर्वक लागिरहने बताएका थिए । पहिरो रोकथामको पहल गर्न पुगेको उक्त टोलीबाट आफूहरु उत्साहित भएको र सार्थक समाधान निस्कनेमा बिस्वस्त रहेको स्थानीयहरुले प्रतिकृया दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...