News Portal

  • गाईजात्रा पर्वलाई औपचारिकतामा सीमित गर्न भक्तपुर नगरपालिकाको आग्रह

    भक्तपुरपोस्ट संवाददाता१३ श्रावण २०७७
    १७७६ पटक
    १३ श्रावण २०७७

    भक्तपुर । भक्तपुर नगरपालिकाले गाइजात्रापर्वलाई औपचारिकतामा सीमित गर्न आग्रह गरेको छ । नगरपालिकाले कोभिड–१९को संक्रमणको संवेदनशील परिस्थितिलाई मध्यनजर गरी नजिकिँदै गएको गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता एवम् सरोकारवाला पक्षहरूलाई आग्रह गरेको हो ।

    मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको गाईजात्रा २०७७ सञ्चालन र व्यवस्थापनबारे सम्बन्धित सरोकारवालाहरूसँगको बैठकले जात्रालाई औपचारिकतामा सीमित गर्ने निर्णय गरेको हो ।

    बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा र पर्वहरू स्थगन गर्नु व्यक्तिगत र संस्थागत चाहना नभई विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नियन्त्रणको लागि भएको बताए । क्षणिक मनोरञ्जनले पूरै समुदायलाई संक्रमणको खतराबाट जोगाउनु आजको आवश्यकता भएको उनले स्पष्ट पारे ।

    सर्वसाधारण जनताको जीवन थप कष्टकर नबनाउन नेपाल सरकारले लकडाउनको स्वरुप परिवर्तन गरी केही खुकुलो मात्र पारेको भन्दै प्रजापतिले सबैले आ–आफ्नो क्षेत्रमा जात्रालाई औपचारिकतामा सीमित गर्नको लागि आग्रह गरे ।

    बैठकमा नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुर जिल्लाका सहायक प्रजिअ दुर्गादत्त ढकाल, कार्यक्रममा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्द कर्माचार्य, वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भैरवनाथ जात्रा सहयोग समितिका न्हुछेराम भेले, शिवराम किजु, आकाशभैरव नौबाजा समूहका ज्ञानेन्द्रमान कायष्ठलगायतले पनि कोभिड–१९ को असहज परिस्थितिमा रोगको संक्रमणको रोक्न जात्रालाई सामान्य रुपमा मनाउनुपर्नेमा जोड दिएका थिए ।

    बैठकमा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्यहरू, भैरवनाथ जात्रा सहयोग समिति, नौ दाफा भजन समूह, पुलां दाफा भजन, लाकोलाछेँ दाफा भजन, चपाल दाफा भजन, भैरवनाथ जात्रा सहयोग समिति, बाराही जात्रा संरक्षण समिति, दत्तात्रय मन्दिर संरक्षण समितिलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...