News Portal

  • लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्च अदालतकाे आदेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ साउन
    १३३९ पटक
    भक्तपुर, १५ साउन

    तत्कालका लागि लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । रिट परेपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।

    बिहीवार न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले तत्कालका लागि लकडाउन अवधिको घरभाड नउठाउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले घर भाडा तिर्न नसक्ने र दैनिक श्रम गरिरहेका व्यक्तिहरुको बारेमा सरकारसँग लिखित जवाफ माग गर्दै तत्कालका लागि लकडाउन अवधिको घरभाडा नउठाउन आदेश जारी गरेको हो ।

    सैलुन व्यवसायीहरुको संगठन ‘नाई संघ’का अध्यक्ष गजेन्द्र ठाकुरले दायर गरेको रिटमा बिहीबार यस्तो अन्तरिम आदेश जारी भएको छ । यसबारे अन्तिम फैसला भने हुन बाँकी छ ।

    ठाकुरले कोभिड १९ कारण भएको लकडाउनको अवधिको भाडा नउठाउन माग गर्दै रिट दायर गरेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय , ७ वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...