News Portal

  • सचिवालयमा ओलीको बहुमत पुगेपछि प्रचण्ड–नेपाल तनाबमा

    ५४८ पटक

    काठमाडौं, १९ साउन । सत्तारुढ दल नेकपाभित्र समिकरण परिवर्तन भएसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालयमा बहुमत जुटाउन सफल हुनुभएको छ । एक महिनादेखि जारी नेकपाभित्रको विवाद समाधान गर्न भन्दै उपाध्यक्ष वामदेव गौतमले छ बुँदे सहमतिको खाका अगाडि सारेसँगै ओली बहुमतमा पुग्नुभएको छ । सचिवालयमा अल्पमतमा रहनुभएका ओलीलाई पछिल्लो सयममा उपाध्यक्ष गौतम र सचिवालय सदस्य रामबहादुर थापाले साथ दिएपछि ओली थप बलियो हुनुभएको छ ।

    ओलीको पक्षमा उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा उभिएका छन् । नौ सदस्यीय सचिवालयमा ओली बहुमतमा पुगेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल तनावमा पर्नुभएको छ । नौ सदस्यीय सचिवालय ओली नेपालको पक्षमा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।

    वामदेव गौतमको आडमा प्रचण्ड नेपालले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद कुनै पनि हालतमा छोडन दबाब दिएका थिए । तर गौतमको युर्टन भएसँगै प्रचण्ड नेपाल पक्ष हच्चिकिएका छन् । ओली र प्रचण्डबीच ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी लिएर पार्टी सञ्चालन गर्ने यसअघि नै सम्झौता भएपनि वरिष्ठ नेता नेपालको असन्तुष्टिको कारण विवाद सुल्झिन सकेको थिएन । नेपाल समाचार पत्रबाट

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...