News Portal

  • मंगलवार भक्तपुरमा थप १३ जनामा कोरोना संक्रमण

    भक्तपुरपोस्ट संवाददाता२० श्रावण २०७७
    ११४८ पटक
    २० श्रावण २०७७

     

    भक्तपुर । मंगलवार भक्तपुरमा थप १३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १३ सहित काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकाका थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । यस्तै, काठमाडौंका ४८ र ललितपुरका १ जनामा संक्रमण देखिएको छ ।

    यस्तै मन्त्रालयका अनुसार मंगलबार देशभरमा थप २५९ जनामा कोरोनासंक्रमण देखिएको छ। नयाँसहित कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६५ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसहित कोरोना जित्नेको कुल संख्या १५ सय २६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पीसीआर नमुना परीक्षण भएका छन् ।

    क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ४ सय ५२ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ९ सय २५ जनाको उपचार भइराखेको छ । कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...