News Portal

  • बिना जानकारी डोजर लगाएर स्थानीयको घर भत्काइयो

    इभक्तपुर संवाददाता
    ७१४ पटक

    बुटवल, २२ साउन । नागरिकको मौलिक अधिकार संरक्षण गर्ने दायित्व बोकेको स्थानीय प्रशासनले नै त्यसको खिल्ली उडाएको छ । बुटवल उपमहानगरपालिकाले आम नागरिकको सम्पत्तीमाथिको मौलिक अधिकार हनन हुने गरी बिना जानकारी स्थानीयको घर डोजर लगाएर भत्काइदिएको हो । बुटवल ९ स्थित कालिका पथमा रहेको खेमबहादुर हमालको घरमा नगरपालिकाले सुरक्षा घेरा हालेर बुधबार बिहानै भत्कादिएको छ ।

    हाल ५० फुटको कालीकापथको सडक नगरपालिकाले ८२ फुटमा बिस्तार गर्दैछ । सडक बिस्तारका क्रममा केही घरहरु यसअघि नै भत्काइएको छ ।

    हमालले भने तत्कालिन समयमा नगरपालिकाकै स्वीकृति लिएर तत्कालिन मापदण्ड अनुरुपको जग्गा छोडेरै घर बनाएकाले क्षतिपुर्र्तीको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ बुधबारलाई नै तोकेको थियो । मुद्दाको सुनुवाइ बुधबार दिउँसो हुँदैछ भन्ने सुइको मंगलबार नै पाएपछि नगरपालिकाले बुधबार बिहानै सुरक्षा घेरा हालेर हमालको घरमा डोजर चलायो ।

    घर भत्काउँदा हमाल, उनकी श्रीमतीसहित परिवारका अन्य सदस्य भित्रै थिए । ‘साना केटाकेटी सुत्दै थिए । साढे ६ बजेतिर एक्कासी घर थर्कियो हल्लाखल्ला भयो केटाकेटी डराएर रुन थाले । सुरुमा त हामीपनि डरायौं’ घर धनी हमालले भने । डोजर लगाउनु अघि घरका व्यक्तिलाई बाहिर निस्कन सूचना समेत नदिएर नगरपालकाले ज्यादती गरेको हमालको गुनासो छ ।

    २०४६ सालमा नगर पञ्चायतबाट नक्सा पास गरी घर निर्माण गरेको र गत आर्थिक वर्षसम्मको सम्पुर्ण कर नगरपालिकालाई तीरेको अवस्थामा आफूले क्षतिपुर्ती पाउनु पर्ने माग हमालको छ । आफुले घर बनाउदा ५० फुट छोड्नु पर्ने नियम भएपनि ५२ फुट छोडेर घर बनाएको उनले बताए । उनले हाल साबिक समेत गरेका छैनन ।

    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका हमालले नगरपालिकाले क्षतिपुर्तीका लागि कुनै चासो नदेखाएपछि न्यायका लागि अदालत गएको बताए । मेयर शिबराज सुवेदीले मंगलबार साँझ नेकपाका बुटवल नगर इन्चार्ज बाबुराम पन्थी माफर्त मुद्दा फिर्ता लिन दवाब दिएपनि आफूले नमानेकाले एकाबिहानै घरमा डोजर लगाइदिएको हमालको दावी छ । उनका अनुसार २० फुटमा बनेको घर बाटोले भत्काउदा जम्मा ४ फुट बाँकी रहन्छ । आफू विकास विरोधी नभएको भन्दै हमालले कानुन संम्बत रुपमा क्षतिपुर्ति पाए सडक चौडा गर्ने नगरपालिकालाई सहयोग गर्ने बताए । सर्वोच्च अदालतमै कोरोना पसेपछि हमालको मुद्दामा बुधबार सुनुवाइ भने हुन सकेन ।

    घर धनीले क्षतिपुर्तीका लागि दिएको मुद्दा उपर सुनुवाइ नहुँदै घर भत्काउन हतारिनुमा स्थानीय सरकारको दादागिरी झल्किएको बताउँछन् अधिवक्ता महेन्द्र पाण्डे । ‘सरकारले जनताको सम्पत्ती लिदा नागरिकको मौलिक अधिकार, ऐन कानुन बिधिको अक्षरस पालन गर्नु पर्छ । राज्य नै स्वच्छ्याचारी बन्न पाइदैनैं’ अधिवक्ता पाण्डेले भने । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...