News Portal

  • भिडभाड कम गर्न आज निवेदन, भोलि मात्रै सवारी पास

    ५९१ पटक

    काठमाडौं, २३ साउन । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ ।

    कार्यालय परिसरमा मानिसको अत्यधिक भिड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरूमा समेत कोभिड–१९ देखिन थालेकाले भिडभाड रोक्न र सामाजिक दूरी कायम गर्न उक्त व्यवस्था गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

    अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाडौं प्रशासनमा अघिल्लो दिन निवेदन दिएर जाने तथा त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि आउनुपर्ने हुन्छ । निवेदन दिएर सोही दिन पास लिन कुर्दा मानिसको भीडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ ।

    पाण्डेका अनुसार अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेबाट पास वितरण गरिने छ । त्यसका लागि गेटमै निवेदन दिने र सोही स्थानबाट पास लिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    काठमाडौँमा पछिल्लो समयमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले आवागनमा कडाइ गरिएको तथा सीमा नाकामा निगरानी बढाइएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गर्दै अत्यावश्यक काम बाहेकका लागि पास नदिन निर्देशन जारी गरिसकेको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    उपनिर्वाचनको अग्निपरीक्षा : कीर्तिपुरमा माओवादी केन्द्र बलियो

    मङ्सिर १६ मा मतदान हुने उपनिर्वाचनले दलहरु अग्निपरीक्षामा छन् । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री रहेका...

    उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रहजस्तै भएको प्रचण्डको भनाइ

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे उपचुनाव...

    गठ्ठाघरमा एकाविहानै सडक दुर्घटना, पतिपत्नी सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा नविनाको निधन

    भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२...

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...