News Portal

  • उद्योगको गन्धले मास्क लाएर सुत्छन् खनारवासी

    ४९७ पटक

    इटहरी, २५ साउन । गाउँको उद्योगका कारण इटहरी १३ खनारका कौशल निरौलाको परिवार विगत ८ महिनायता तनावमा छ । उद्योगबाट निस्कने नमिठो गन्ध तथा धुँवाका कारण रात पर्नासाथ परिवारका सदस्य कोही आँखा बिझायो भन्छन् त कोही बान्ता गर्न थाल्छन् ।

    ‘वाक्वाकी लाग्ने, टाउको दुःख्ने, घाँटी सुख्खा हुने त छँदैछ, जिउमा खटिरा आउनेसमेत समस्या देखिएको छ’, उनी भन्छन्, ‘हामी मात्र होइन, वरपरका प्रायः सबै घर पीडित छौं ।’ झण्डै एक वर्षअघि स्वीकृति लिएर कागजका सामान उत्पादन गर्ने अरिहन्त अटो कोर्गेसन नामक उद्योग सञ्चालनमा ल्याइएको थियो । तर धुँवा तथा फोहोर व्यवस्थापनमा चासो नदेखाउँदा स्थानीय बस्नै नसक्ने अवस्था उत्पन्न भएको स्थानीय रविन चौधरीको गुनासो छ । उनले मास्क लगाएर सुत्नु परेको बताए ।

    ‘यसरी हातभरि खटिरा आउँछन्’, उनले हातमा आएका खटिरा देखाउँदै भने, ‘कहाँ जाऊँ झैं भएको छ, एउटा उद्योगको कारणले वरपरका दर्जनौं घर समस्यामा पर्दा सम्बन्धित निकायले चासो दिएको छैन ।’ उनका अनुसार रातको समयमा धुँवा र गन्धको प्रभाव ज्यादा हुन्छ । १०० भन्दा बढी घर परिवार प्रभावित भए पनि उद्योगले बेवास्ता गरेको निरौलाको गुनासो छ । अझ वडा कार्यालय र इटहरी उपमहानगरपालिकाले समेत बेवास्ता गरेपछि स्थानीय झन समस्यामा छन् ।

    ‘वडा कार्यालयलाई फागुनमा र इटहरी उपमहानगरपालिकालाई वैशाखमा निवेदन दियौं’, निरौला भन्छन्, ‘विराटनगरस्थित मानवाधिकार आयोगमा समेत निवेदन दिएका थियौं, तर कतैबाट सुनुवाइ भएन ।’ दुर्गन्ध रोक्नेतर्फ सरोकारवाला निकायले पहल नगरेपछि स्थानीय दुई घर बसाइ सरेर गएका छन् ।

    निवेदनमा दुर्गन्ध भइ मानिसका साथै फोहोरले बाली र गाईवस्तुलाई समेत हानी नोक्सानी भएको भन्दै प्रदूषण घटाउने बारे निर्देशन दिन माग गरिएको थियो । उद्योगको फोहोरले खेती गर्नेको उब्जनी नभएको स्थानीयको गुनासो छ । यता स्थानीय ग्रामिण थान टोल विकास संस्थाका अध्यक्ष ओमप्रकाश देवले उद्योगले ६ महिना समय माग गरे पनि अहिलेसम्म समस्या समाधान नभएको बताए । उनले वडा कार्यालयले समस्या समाधानको लागि पहल नगरेको गुनासो गरे ।

    वडाध्यक्ष शिव नारायण चौधरीले भने जनगुनासो आएपछि ग्याँस जाँच गर्न लगाएको तर रिपोर्ट आइ नसकेको बताए । ‘विराटनगरबाट ल्याब टेक्निसियन झिकाएर ग्यास जाँच गर्न लगाए पनि रुटिपूर्ण रिपोर्ट आएको थियो’, चौधरीले भने, ‘लगत्तै उद्योग बन्द भएको थियो तर फेरि अहिले सञ्चालनमा आएको छ ।’

    उनले दोस्रो पटक पनि ल्याब टेस्टको लागि पठाएको बताउँदै रिपोर्ट आइनसकेको बताए । उद्योगका कर्मचारी नारायण गौतमले भने समस्या समाधानका लागि कोशिस गरिरहेको बताए। ‘धुँवा निस्कने होइन, गन्धले समस्या पारेको हो’, उनी भन्छन्, ‘उद्योगभित्र खासै वास्ता हुँदैन, बाहिर समस्या भयो भन्ने कुरा आएको छ, हामी कोशिस गरिरहेका छौं ।’ अन्नपुर्ण पोष्टबाट

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...