News Portal

  • आइतवार उपत्यकामा ९२ कोरोना पोजेटिभ हुँदा भक्तपुर निल, यी हुन् भक्तपुरका शनिवार संक्रमित

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २५ साउन
    ५६८० पटक
    भक्तपुर, २५ साउन

    आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै उच्च संख्या हो। तर आइतबार भक्तपुरका कसैमा कोरोना संक्रमण देखिएको छैन ।

    काठमाडौंमा ९० र ललितपुरमा २ जना गरी आइतवार उपत्यकामा ९२ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

    यो सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११३६ पुगेको छ । जसमा काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएका छन् ।

    शनिवार मध्यपुर थिमिको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्वाब परीक्षण गर्दा भक्तपुरका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये २ आमाछोरा हुन् भने एक युवक रहेका छन् ।

    स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए अनुसार शनिवार संक्रमित हुनेमा २२ महिने बालक र उनकी आमा रहेका छन् । उनीहरु सूर्यविनायक ८ सिपाडोलका हुन् । उनीहरु कोरोना संक्रमण पुष्टि भएका प्रहरी मुख्यालय नक्सालमा कार्यरत प्रहरीका श्रीमती र छोरा भएको बताइएको छ । शनिवार संक्रमण पुष्टि भएपछि उनीहरुको प्रहरी अस्पतालमा उपचार भैरहेको छ ।

    त्यसैगरी अर्का एक संक्रमित भने मध्यपुर थिमिकै हुन् । छब्बीस बर्षिय ति युवक कौसल्टारका भएको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...