News Portal

  • इवामुरा र सिद्धिस्मृति अस्पतालका चिकित्सक र स्टाफहरु क्वारेन्टाइनमा

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २५ साउन
    ३८४२ पटक
    भक्तपुर, २५ साउन

    सिपाडोलका २२ महिने बालकमा कोरोना पुष्टि भएपछि उनको उपचारमा संलग्न भक्तपुरका २ अस्पतालका चिकित्सक क्वारेन्टाइनमा बसेका छन् । शनिवार बालकमा कोरोना पोजेटिभ पाइएपछि उनीहरु क्वारेन्टाइनमा बसेका हुन् ।

    सुर्यविनायक ८ सिपाडोलका २२ महिने बालकको हात भाँचिएपछि उनलाई भक्तपुरको आदर्शस्थित सिद्धि स्मृती अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बालकलाई भक्तपुरको सल्लाघारी स्थित डा.ईवामुरा स्मृति अस्पतालमा भर्ना गरिएको थियो ।

    उपचार अघि स्वाव परीक्षणका लागि थिमिको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्वाब परीक्षण गर्दा रिर्पोटमा बालक र उनको आमा दुवैमा कोरोना पोजेटिभ पाइएको थियो । बालक र उनकी आमालाई उपचारको लागि काठमाडौंस्थित प्रहरी अस्पताल पठाइएको छ ।

    बालक र उनकी आमाको सम्पर्कमा रहेका इवामुरा र सिद्धिस्मृतिका चिकित्सक र स्टाफहरुलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले पुष्टि गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...