News Portal

  • नेकपाभित्र दन्किँदै आगोः मुख्यमन्त्रीविरुद्ध आफ्नैबाट ‘खेद’

    ४७७ पटक

    हेटौंडा, २७ साउन । केन्द्रीयस्तरमा नेकपा पार्टीभित्र विवाद चर्किरहँदा बागमती प्रदेशमा पनि आन्तरिक विवाद चुलिएको देखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा सोही दलका सांसदबीच अभिव्यक्ति विवाद चर्किएको हो । सरकारले बजेटअनुसार विकास निर्माण गर्न नसकेपछि सांसदहरुको टाउकोमा दोष थुपारेको सांसदहरुले मुख्यमन्त्रीलाई आरोप लगाएका छन् ।

    प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्ताव र हस्ताक्षर अभियान चलाएको भनेर दिएको अभिव्यक्तिमा उहाँकै दलका सांसदहरुले आपत्ति जनाउनुभएको छ । प्रदेशका मुख्यमन्त्री पौडेलले आइतबार जिल्ला समन्वय समितिको पाँचौं जिल्लासभामा दिएको अभिव्यक्तिप्रति मकवानपुरका प्रदेशसभाका चार सदस्यले ‘खेद’ व्यक्त गरेका छन् । चार सांसदले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको हो ।

    प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा मकवानपुरका ४ सांसदले आफ्नो कमजोरी ढाकछोप गर्न मुख्यमन्त्री पौडेलको पछिल्लो अभिव्यक्ति आएको दाबी गर्नुभएको छ । संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी र ओम ग्लानले प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च गर्न नसक्नुमा सरकारको कमजोरी र बजेट पास नहुने अबस्थाबीच बजेट पास भएको कुरालाई ढाकछोप गर्न मुख्यमन्त्री पौडेलले आफूविरुद्ध अविश्वास प्रस्ताव र हस्ताक्षर अभियान चलाइएको भनेर अभिव्यक्ति दिएको बताउनुभएको छ । समाचार पत्रबाट

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...