News Portal

  • भागवण्डाले ध्वस्त परीक्षा नियन्त्रण कार्यालय

    ९५२ पटक

    काठमाडौं, २८ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय भागवण्डाले ध्वस्त भएको छ । आर्थिक लेनदेन गरी नम्बर थपेर गोल्ड मेडलिस्ट बनाउन सहयोग गर्ने त कहिले नक्कली परीक्षक खडा गरी उत्तरपुस्तिका परीक्षण गरेबापत २० लाख रुपियाँ भुक्तानी लिने घटनाले बदनाम भएको पनिकामा १० सहनियन्त्रक कार्यरत छन् ।

    विभिन्न पद माग्दै झगडा, तोडफोड र तालाबन्दी गर्न आउने पार्टीगत प्राध्यापकका संघ–संगठनलाई मिलाउन यति धेरै सह–नियन्त्रक नियुक्ति गरिएको पाइएको छ ।

    डीन कार्यालयले सबै संकायको परीक्षा सेमेस्टर प्रणालीबाट सञ्चालन गर्न शुरु गरिरहेको अवस्थामा जम्बो सहनियन्त्रकको आवश्यकता नभएको त्रिविकै भनाइ छ ।

    वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन, लब्धाङ्कपत्र र ट्रान्सकिप्ट वितरणलगायत सीमित काम मात्र गर्ने पनिकामा यति धेरै सहनियन्त्रक राख्नु औचित्यहीन देखिएको छ । हाल कार्यरत सबै सहनियन्त्रकको म्याद सकिएको छ । सबैलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै थमौती दिने गरिएको छ ।

    पनिकामा पशुपति अधिकारी, भूपालकुमार श्रेष्ठ, सञ्जयकुमार मिश्र, अखिलेश कुमार, विष्णुप्रसाद वाग्ले, धनश्याम ठाकुर, अर्जुनविक्रम खड्का, तीर्थराज न्यौपाने, अर्जुनबहादुर भण्डारी र ईश्वरी शर्मा ढकाल कार्यरत छन् ।

    तीमध्ये सञ्यजकुमार मिश्रले आफ्नो नियुक्तिको समय सकिएको जनाउँदै सहनियन्त्रक पद छाड्नुभएको छ । त्रिवि कार्यकारी परिषद्ले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै दुई कार्यकाल म्याद थप्ने गरेको छ । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...