News Portal

  • काठमाडौं–केरुङ पेट्रोलियम पाइपलाइनको अध्ययन हुने

    ६२६ पटक

    काठमाडौं, साउन २९ । पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौंसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ ।

    नेपाल आयल निगमको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उक्त पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्यक्रम सूचीकृत गरिएको छ । केरुङदेखि काठमाडौंसम्म प्रस्तावित पाइप–लाइन बिछ्याउने योजना अगाडि बढ्दा भारतसँगको निर्भरतामा सन्तुलन आउन सक्ने छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा भएको चीन भ्रमणमा समेत पेट्रोलियम आपूर्तिबारे छलफल तथा सहमति भएको थियो ।

    निगमका प्रवक्ता विनितमणि उपाध्यायले चीनको केरुङदेखि काठमाडौंसम्म पाइपलाइन बिछ्याउने योजना अगाडि बढाइएको बताउँदै चालू आर्थिक वर्षमा निगमले उक्त पाइप लाइनबारे प्रारम्भिक अध्ययन गर्नेछ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...