News Portal

  • अनुकूूल समयमा विश्वविद्यालय परीक्षा

    ६४६ पटक

    काठमाडौं, ३० साउन । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको लिखित परीक्षा अनुकूूल समयमा लिने निर्णय गर्दै सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय गरेको छ ।

    विद्यार्थीको शैक्षिक सत्र खेर नफाल्ने र अनलाइन कक्षाबाट पठनपाठन अगाडि बढाउने निर्णय गर्दै विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टरकोे पठनपाठन गराउने निर्णय लिएको हो । विश्वविद्यालयको प्राज्ञिक परिषद्ले कोरोनाका कारण यसअघि रोकिएका परीक्षा तत्काल हुन नसक्ने अवस्था देखिएपछि यस खालको बाटो खोलेको हो ।

    त्रिवि प्राज्ञिक परिषद्का सदस्य तथा व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीराम शर्माले सेमेस्टरमा अध्ययनरत सबै सङ्काय र अध्ययन संस्थानका विद्यार्थीको पठनपाठन नरोकिने र शैक्षिक सत्रसमेत खेर नजाने जानकारी दिनुभयो । यसबाट मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन सङ्काय तथा चिकित्साशास्त्र, इन्जिनियरिङ, विज्ञान, कृषि, वन अध्ययन संस्थानका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा यो निर्णय लागू हुनेछ । यसबाट विश्वविद्यालयमा अध्ययनरत लाखौँ विद्यार्थीको माथिल्लो कक्षामा अध्ययन गर्ने बाटो खुलेको छ ।

    कोरोना भाइरसका कारण स्थगित परीक्षा तत्काल लिन नसकिने अवस्था देखिएपछि विकल्पका रूपमा केही समयपछि परीक्षा गर्ने गरी पठनपाठनको बाटो खोलिएको जानकारी डीन कार्यालयले दिएको छ । उपत्यका बाहिरका धेरै क्याम्पस पनि सेमेस्टर प्रणालीमा गएका कारण यसबाट धेरै विद्यार्थी लाभान्वित हुने र विश्वविद्यालयको शैक्षिक कार्यक्रमले पनि निरन्तरता पाउने जनाइएको छ । यसको जानकारी सम्बद्ध क्याम्पसलाई दिइएको र अब छिट्टै नै कक्षा सुरु हुने जनाइएको छ ।

    यसअघि विश्वविद्यालयले कोरोना भाइरसको अवस्था सामान्य हुन सकेको अवस्थामा भदौ पहिलो साताबाट परीक्षा सुरु गर्ने र स्थगित परीक्षा दशैँअघि गर्ने निर्णय गरेको थियो । त्यसपछि नियमित परीक्षा सञ्चालन गर्ने योजना विश्वविद्यालयले बनाएको थियो तर त्यो निर्णय कार्यान्वयन हुन नसकेपछि विश्वविद्यालयले नयाँ बाटो खोलेको हो ।

    अनलाइन कक्षालाई मान्यता
    यसका साथै विश्वविद्यालयले हाल सञ्चालनमा ल्याएको अनलाइन कक्षाले समेत औपचारिक मान्यता पाउने भएको छ । अब अनलाइन कक्षालाई प्रभावकारी बनाइने डिन शर्माले बताउनुभयो । विश्वविद्यालयका विभिन्न क्याम्पसमा तथा केन्द्रीय विभागमा अनलाइन पठनपाठन चलाइए पनि यसको वैधानिकताको टुङ्गो लाग्न सकेको थिएन ।

    राजधानीको पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले प्राज्ञिक परिषद्का निर्णयपछि अब स्नातक तथा स्नातकोत्तर तहका विभिन्न सेमेस्टरका कक्षा अघि बढ्ने र त्यसका लागि क्याम्पसले तयारी सुरु गर्ने जानकारी दिनुभयो । त्रिविका अनुसार व्यवस्थापनमा स्नातक तहतर्फ बीबीएमा दोस्रो, चौथो, छैटौँ र आठौँ सेमेस्टरका कक्षा सञ्चालन हुनेछन् । व्यवस्थापनमा एमबीएसतर्फ तेस्रो सेमेस्टरमा अध्ययन गर्न पनि विद्यार्थीलाई बाटो खुलेको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...