News Portal

  • अंग्रेजी संस्करणको नेपालको नक्सा स्वीकृत

    ७८२ पटक

    काठमाडौं, ३१ साउन । नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक अंग्रेजी संस्करणको नक्सा स्वीकृत भएको छ । सो नक्सालाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा स्वीकृत गर्नुभयो । नापी विभागले नक्सा समितिमा निणर्य गरी स्वीकृतीका लागि मन्त्रालयमा पेश गरेको थियो ।

    नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक नक्सा राजपत्रमा समेत प्रकाशित गरेको थियो । विश्व जगतमा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउन जरुरी रहेको भन्दै अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ । अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्रसंघ, कुटनीतिक नियोगहरू, समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउने बाटो खुलेको मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिनुभएको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...