News Portal

  • एघार जनाको शव फेला, २७ अझै बेपत्ता

    ७६९ पटक

    चौतारा, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाँउपालिका-२, लिदीमा पहिरामा पुरिएका ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निरन्तर खोजी कार्य जारी राखेका छन् । ‘पुरिएको अवस्थामा ११ वटा शव भेटिएको छ । अन्यको खोजीकार्य जारी छ ।’ जुगल गाँउपालिका उपाध्यक्ष सिर्जना तामाङले भन्नुभयो । पहिरोले लिदी गाँउका ३७ घरमा क्षति पुर्याएको छ ।

    पहिरोमा परी घाइते भएका एक जनाको काठमाडौंमा उपचार भइरहेको छ भने चार जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ । पहिरोमा परी नौ जना घाइते भएका छन् ।

    पहिरोमा बेपत्ता हुनेहरूमा छविलाल दोङ, सोमरानी, धनलक्ष्मी, शिरमाया, बिबरानी, साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो, सोनाम दोङ रहेका छन् । त्यस्तै हीरा भक्ति, जीते झाँक्री, दिन्दुस, सुरज, करेसमाई, च्यामा, सानु, टीकामाई, छिरिङ, मानबहादुर, जयबहादुर, प्रिया दोङ, प्रीति, कान्छी, सानुकान्छी, वाङ्ची लामा दोङ हराइरहेका छन् । गर्भवतीसमेत रहेकी सानुकान्छी दोङ पनि पहिरोमा बेपत्ता छिन् । धनमाया तामाङ दोङ, रेनिस, मेकमाई, मिलन, विमला, माइला पाराङ, प्रकाश, साइली, आयुश दोङ र सुवास तामाङ हराइरहेका छन् । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...